News Category 2073/02/10
नश्लबादी चिन्तनले मुलुक टुक्रने सक्ने उपेन्द्र यादवको आशय
दैनिक समाचारदाता
काठमाडौं, ९ जेठ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नश्लबादी चिन्तनले मुलुक टुक्रने सक्ने आशयको अभिव्यक्ति दिनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले यस्तो अभिव्यक्ति दिनु भएको हो ।
“अहिले पनि सरकारले आन्दोलनलाई दवाएर जाने सोचे र उखान टुक्का मात्रै गरिरहे आन्दोलन अर्कै रुपमा जाने छ ।” उहाँले भन्नुभयो, “नश्लबादी चिन्तनले जर्मनलाई दुई वटा बनायो, भारतलाई तीन टुक्रा बनायो, अब केपी शर्मा ओली एण्ड कम्पनीले नसोचे नचिताएको कुरा हुनेछ ।”
उहाँले सरकारले संविधान पुर्नलेखन र विगतमा गरिएको सम्झौता कार्यान्वयन गर्ने विषयमा ठोस राजनीतिक निर्णय नगरेसम्म वार्ता हुन नसक्ने स्पष्ट पार्नुभयो ।
उहाँले वार्ता गर्ने भए सरकार ठोस राजनीतिक निर्णयसहित र संविधानको पुर्नलेखन गर्ने र विगतका सहमति कार्यान्वयन गर्ने राजनीतिक प्रतिबद्धतासहित सरकार बार्तामा आए मात्र वार्ता सम्भव हुने स्पष्ट पार्नुभयो ।
अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पछिल्लो पटक वार्ता भंग गरेको आरोप लगाउँदै पुर्नलेखनसहितका विषयहरु गर्न नसकिने भनेपछि के कोलागि बार्ता गर्ने उहाँले प्रश्न गर्नुभयो ।
उहाँले संविधानमा रहेको विभेदपूर्ण र त्रुटिपूर्ण प्रवाधानहरुलाई हटाएर अरु शब्द राख्ने विषय नै पुर्नलेखन भएको स्पष्ट पार्दै यो राजनीतिक विषय भएकोले यसमा राजनीति निर्णय गर्न सके मात्रै समस्याको समाधान हुन सक्ने दावी गर्नुभयो ।
यादवले बार्ता टोलीका संयोजक कमल थापाले पहिलाकै बार्तामा आफूले विषय टुङग्याउन नसक्ने शिर्ष तहमै बार्ता गर्नु पर्छ भनेर आत्मसमर्पण गरिसकेपछि फेरि उहाँलाई नै अघि सार्नु सरकारको बार्ता नगर्ने नियत भएको आरोप लगाउनुभयो ।
गणतन्त्र लगायतका मामिलामा थापाको विचार नै गलत भएकोले उहासँगको बार्ताबाट कहिल्यै पनि निष्कर्समा पुग्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले सरकारले बार्ताकोलागि आब्हान गरे पनि अहिलेसम्म संघीय गठबन्धनलाई बार्ताकोलागि कुनै पत्र नआएको स्पष्ट पार्नुभयो ।
उहाँले जनताले नै संविधान नस्विकारेपछि कुन निकायले संविधान बनायो भन्ने कुराको अर्थ नहुने दावी गर्दै सरकारले अहिले नै नसोचे आन्दोलनले उग्र रुप लिदै जनआन्दोलन मार्फत अहिलेको संविधान नै बर्खास्त हुने चेतावनी समेत दिनुभयो ।
यादवले विगतमा मधेस आन्दोलनलाई राष्ट्रियता खण्डित गर्ने, साम्प्रदायिकता, जातिय, क्षेत्रीय लगायतका आरोप लगाउने गरिए पनि अहिले हिमाल, पहाड र मधेस मिलेर आन्दोलन गर्दा त्यो भ्रम चिरिएको दावी गर्दै आफूहरुको आन्दोलन धार्मिक, सास्कृतिक, जातीय सम्बन्ध मजबुद बताउने र भावनात्मक रुपमा राष्ट्रको एकता गर्न भएको बताउनुभयो ।
यादवले आफूहरुको आन्दोलन राष्ट्रियता, राष्ट्रिय एकता बलियो बनाउने, देश भक्तिपूर्ण र देशलाई बचाउने आन्दोलन भएको दावी गर्दै सरकार भ्रष्टाचारीहरुहरुको अखडा बनेकोले यस्तो सरकारले देश बचाउन नसक्ने ठोकुवा गर्नुभयो । उहाँले आन्दोलन कालाबजारी, तस्करबाट मुलुकलाई बचाउने, असन्तुलित विदेश नीतिबाट मुलुकलाई पर्ने दिर्घकालिन असरबाट बचाउने मुलुक बचाऊ आन्दोलन रहेको स्पष्ट पार्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ