News Category 2073/02/11
संविधान पुनःलेखन सम्भव छ्रैन्, संशोधन गर्न सकिने ः सिटौला राजेन्द्र र उपेन्द्रले आन्दोलन गर्नुको कुनै औचित्य छ्रैन ः थापा
दैनिक समाचारदाता
राजविराज, १० जेठ ।
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मधेसवादी दलले भने जस्तो संविधानको पुनःलेखन सम्भव नभएको भन्दै संशोधन गर्न भने सकिने बताउनुभएको छ ।
नेपाली काँग्रेस सप्तरी क्षेत्र नं. ३ को आयोजनामा सोमबार राजविराजमा आयोजित देशको वर्तमान समसामयिक राजनीतिक अवस्था तथा नेपाली काँग्रेसको भूमिका विषयक विचार गोष्ठीमा बोल्दै उहाँले सम्पूर्ण जनतालाई एकताबद्ध गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको जिकिर गर्नुभयो ।
उहाँले देशका सम्पूर्ण दलहरुलाई मूल धारमा ल्याउन आवश्यक रहेको भन्दै राष्ट्रिय राजनीति स्थिर नभएसम्म मुलुक स्थिर नरहने उल्लेख गर्नुभयो । काँग्रेसका पूर्व महामन्त्रि समेत रहनुभएका सिटौलाले राष्ट्रिय सहमति बिना निर्वाचनको परिकलपना गर्न वेकार रहेको प्रस्ट पार्दै सुशासन, राजनीतिक स्थायित्व, विकास र दिगो शान्ति स्थापना गर्न ठूला दलले मूल गन्तव्यमा अडिएर मार्गचित्र तयार गर्नुपर्ने आवश्यकता रहेको आँैल्याउनुभयो ।
उहाँले नयाँ संविधान कार्यान्वयन गर्न सरकार र सत्तापक्ष मिलेर अघि बढ्नुपर्ने बताउँदै संविधानका विषयमा उठेका असन्तुष्टिलाई वार्ताको टेबुलबाट समाधान गरिनुपर्ने धारणा राख्नुभयो ।
नेता सिटौलाले अहिलेको संविधान लचिलो र गतिशिल रहेकोले चित्त नबुझेको कुरालाई संशोधन प्रक्रियाबाट हल गर्न सकिने प्रावधान रहँदा रहदै आन्दोलनको बाटो रोज्नु अनुचित भएको प्रष्ट्याउनुभयो ।
यस्तै सोही गोष्ठीमा काँग्रेसका युवा नेता गगन थापाले दोश्रो संविधानसभाबाट नेपाली काँग्रेस ठूलो दल बनेको र मधेशबाटै सबैभन्दा बढी प्रतिनिधि निर्वाचित भएको खण्डमा अहिले मधेशवादी दलहरुले गरेको आन्दोलनको कुनै औचित्य नरेहको जिकिर गर्नुभयो ।
उहाँले मधेशी जनताको सबैभन्दा बढी मत काँग्रेसले पाएकोले मधेशी जनताको असन्तुष्टिलाई हटाउन काँग्रेसले नेतृत्व गर्ने भन्दै राजेन्द्र र उपेन्द्रले आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताउनुभयो ।
एक अर्को प्रसङ्गमा नेता थापाले अहिलेको सरकारले निर्वाचनको घोषणा गरेर काँग्रेस नै निर्वाचनको बिरोधी हो भन्दै गरेको अभिव्यक्ति प्रति खेद व्यक्त गर्दै निर्वाचनको नाममा वाम सरकारले वाम एकता कायम राख्न काँग्रेसलाई आरोप लगाएको बताउनुभयो ।
उहाँले वर्तमान सरकार रहेसम्म मुलुकको हित नहुने भन्दै नेता थापाले हिमाल, मधेश तराई, पहाड जोड्न काँग्रेस सदैव लागिपरेको जिकिर गर्नुभयो ।
क्षेत्रिय सभापति भगवती यादवको अध्यक्षतामा आयोजित सो गोष्ठीमा पूर्वगृहराज्य मन्त्री रामकुमार चौधरी, सांसद सुरेन्द्र प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ