News Category 2073/02/13
सरकारी जागिर लगाइदिने भन्दै करोड भन्दा बढी ठगी गर्ने तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
सरकारी जागिर लगाइदिने भन्दै १ करोड ६ लाख ठगि गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि प्रहरीले ठेक्कापट्टा मिलाई दिने भन्दै ९५ लाख रकम ठगि गरेकी एक सहकारी संस्थाकी संचालक समेतलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको मल्हनिया गाविस ८ निवासी ५८ वर्षिय नन्दन प्रसाद साह, सोही स्थान निवासी २६ वर्षिय दिपेन्द्र प्रसाद साह र जिल्लाको देउरी ८ निवासी ४० वर्षिय राम नारायण साह रहेको प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो ।
दश वर्ष अघिदेखि औषधि पसल संचालन गर्दै आएका र व्यवसायिक रुपमा चिनजानको सम्बन्ध रहेको जिल्लाको हनुमाननगर १ निवासी राजकुमार मेहता समेत गरी ४० जनालाई सरकारी जागिरको प्रलोभनमा पारी गत वर्षदेखी नै उनीहरुले सो रकम ठगि गर्दै आएको प्रहरीले जनाएको छ ।
गत आर्थिक वर्ष ०७१÷०७२ को विभिन्न मितिमा राजकुमार मेहता मार्फत नगद रुपैया जम्मा गर्न लगाई एक करोड ६ लाख रुपैया ठगी गरेको भन्दै राजकुमार मेहताले नै दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक कार्कीले बताउनुभयो ।
यसअघि प्रहरीले जेठ ३ गते ठेक्कापट्टा मिलाई दिन्छु भनेर रकम ठगी गरेको आरोपमा जिल्लाको भारदह गाविस १ निवासी कंकालिनी बहुउद्देश्यीय सेवा केन्द्रकी अध्यक्ष नुनु देवी झालाई पक्राउ गरेको थियो ।
झाले ठेक्कापट्टा मिलाई दिनका लागि न्यौपाने निर्माण सेवाका संचालक झापा भद्रपुर नगरपालिका ९ बस्ने प्रेम न्यौपाने र साहिल निर्माणका संचालक काठमाण्डौ १० का कमरुजमा सेखसँग एक वर्ष अगाडीदेखि नै विभिन्न बहानामा आप्mनो बंैकको खातामा ९५ लाख रुपैयाँ ठगि गरेको आरोपमा झालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यता पक्राउ परेका चारै जनालाई ठगी मुद्दामा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिदै ठगीमा संलग्न अन्य फरार व्यक्तिहरुको खोजतलास तिव्र रुपमा भईरहेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ