News Category 2073/02/15
कम्युनिष्ट आन्दोलनका संस्थापक मिश्रको निधन
दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
नेपालको कम्युनिष्ट आन्दोलनका संस्थापक मध्येका एक सप्तरीका यशोदानन्द मिश्रको शुक्रबार निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ्य रहँदै आउनुभएका मिश्रको ८० वर्षको उमेरमा शुक्रबार राजविराज ३ स्थित निवासमा निधन भएको हो ।
२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टीभित्र केशरजंग रायमाझिसहितका नेतानिकट रहेर काम गरेका मिश्र केही समय निर्वासनमा समेत बस्नु भएको थियो ।
२०१२ सालको किसान आन्दोलनमा उहाँको ठूला भूमिका रहेको थियो भने उहाँ राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका प्रमुख समेत हुनुभएको थियो ।
स्वर्गिय मिश्र ०२६–२७ सालमा राजविराज नगरपालिकाका उपप्रधान समेत बन्नु भएको थियो । उहाँको एक श्रीमती तीन छोरा रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ