News Category 2070/05/24
आन्दोलन प्रति विभिन्न संघसंस्थाको ऐक्यबद्धता
दैनिक संवाददाता
राजविराज, २३ भदौ ।
गाविस कर्मचारीहरुको आन्दोलनप्रति विभिन्न संघ संस्थाहरुले ऐक्यबद्धता जनाएका छन् ।
सप्तरीका गाविसमा कार्यरत कर्मचारीहरुले सुरु गरेको आन्दोलनप्रति ७५ वटै जिल्लाका स्थानीय निकायकाले ऐक्यबद्धता जनाएका हन् ।
यसैगरि सोही आन्दोलनमा गाविस सचिव हकहित संरक्षण केन्द्र नेपाल जिल्ला कार्यसमिति सप्तरीले पनि ऐक्यबद्धता प्रकट गरेको छ ।
केन्द्रका केन्द्रिय उपाध्यक्ष रामकुमार यादव तथा जिल्ला अध्यक्ष भागवत प्रसाद यादवद्वारा आइतबार जारि विज्ञप्तिमा पेशागत हकहितका लागि विभिन्न माग राखि आन्दोलनरत कर्मचारीहरुप्रति कलम बन्द गरि ऐक्यबद्धता जाहेर गरेको जनाएको छ ।
विज्ञप्तिमा मागहरु जायज रहेकोले यथासिघ्र माग प्रति राज्य संवेदनशिल हुनुपर्ने भन्दै जिल्ला अन्तरगत कुनै पनि कार्यक्रममा गाविस सचिव सहभागि नहुने जनाइएको छ ।
यस्तै स्थानीय निकाय कर्मचारी संघ नेपाल सप्तरीका अध्यक्ष कमलेश्वर बिराजीले विज्ञप्ति जारि गर्दै आन्दोलनरत कर्मचारीहरुको जायज माग प्रति ऐक्यबद्धता जनाइएको उल्लेख छ ।
यसअघि बिगत ८ दिनदेखी गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरु बिभिन्न माग अघि सार्दै काम बहिष्कार गरी जिविस सप्तरीमा धर्नामा बसेका छन् ।
राज्य कोषबाट तलब भत्ता उपलब्ध गराउनुपर्ने, स्थानिय निकाय सेवा आयोगको गठन गर्नुपर्ने र गाविस कर्मचारीहरुको क्षमता बिकासका लागि क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने तीन सुत्रिय माग अघि सार्दै गत आइतबारदेखी कामकाज छाडेर कर्मचारीहरु जिल्ला विकास समितिमा अनिश्चितकालिन धर्ना बस्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ