News Category 2073/02/17
उद्योगी केडिया तीन दिनपछि मोतिहारीबाट अपहरण मुक्त
दैनिक समाचारदाता
बिरगन्ज, १६ जेठ ।
बाराबाट अपहरणमा परेका उद्योगी सुरेश केडिया तीन दिनपछि अपहरणमुक्त भएका छन् ।
बिहिबार साँझ अपहरणमा परेका केडियालाई भारतको मोतिहारीको कोटवाबाट भारतीय प्रहरीले आइतबार अपहरण मुक्त गरेको हो ।
भारतीय समाचार एजेन्सी एएनआईले केडियाको तस्विर ट्वीट गर्दै उनी अपहरण मुक्त भएको जनाएको छ ।
केडियालाई खोज्न मोतिहारीका एसपी जितेन्द्र राणा र बेतियाका एसपी विनय कुमारको नेतृत्वमा विशेष अप्रेसन चलाइएको थियो ।
केडियाको अपहरण मामिलामा मुख्य आरोपी समेत कयौंलाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएको छ । अपहरणकर्ताहरुबाट एक स्कार्पियो गाडी पनि बरामद गरिएको छ ।
शनिबार मात्र अपहरणकारीले केडियालाई मुक्त गर्न १ अर्ब फिरौती मागेको समाचार भारतीय मिडियाले सार्वजनिक गरेको थियो ।
यसअघि खाद्य उद्योगका सञ्चालक तथा केडिया अर्गनाइजेशनका सदस्य सुरेश व्यापारिक कामले बाराको वरियारपुर गएका थिए । साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट बिहीबार साँझ अपहरणमा परेका थिए ।
अपहरणकारीहरुले उनी सवार बा १० च ७२४० नम्बरको गाडी रोकेर चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरेका थिए । अपहरण लगत्तै उनलाई भारत पु¥याइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ