News Category 2073/02/18
कागजमै सिमित रहयो “साक्षरता अभियान”
दैनिक समाचारदाता
राजविराज, १७ जेठ ।
सन् २०१५ मा सप्तरीलाई पुर्ण साक्षर जिल्ला बनाईएपनि ग्रामिण भेगका अधिकांश दलित महिलाहरु अझैं निरक्षर नै रहेका छन् । उनीहरुलाई अक्षर चिन्न समेत आउँदैन् ।
शिक्षाको पहुँचबाट कोही पनि टाढा नरहुन तथा निरक्षरलाई पुर्ण साक्षर बनाउँनका लागि सरकारले करौडौ रकम खर्चेर अभियान संचालन गरेको थियो । तर, सरकारको उक्त लगानी वालुवामा पानी हाले सरह भएको छ ।
सप्तरीको बेल्ही चपेना गाविस २ दलित बस्तीका अधिकांश दलित महिलाहरुलाई आप्mनो नाम लेख्न त परै जाओस् अक्षर समेत चिन्न आउँदैन् । सो दलित बस्तीमा बसोबास गर्ने करिब पचास परिवारमध्ये दुई चार जना बाहेक अधिकांश महिलाहरु अझै कागजमै साक्षर रहेकी छिन । स्थानीय ललिता देवी खंग भनिन्, “बुढेसकालमा पढेर के गर्ने त ?” उहाँ जस्तै त्यहाँका अधिकांश महिलाहरुको यस्तै कुरा भन्छन् ।
सरकारले करोडौं रकम खर्चेर निरक्षरलाई पुर्ण साक्षर बनाउँनका लागि गरेको लगानी त्यहाँका महिलाहरुको लागि वालुवामा पानी हाले सरह भएको स्थानीय जानकारहरु बताउँछन ।
कुनै पनि कार्यक्रम हुँदा त्यहाँका दलित महिलाहरुलाई आप्mनो नाम लेख्न लजाउछन् । सरकारले आफुहरु जस्तो निरक्षरलाई साक्षर बनाउँनका लागि कक्षा संचालन गरेपनि आफुहरुले पढ्न नपाएको स्थानीय आशादेवीले बताइन् । उहाँले दुख ब्यक्त गर्दै भन्नुभयो, “बुढेसकाल भएकाले पनि पढ्न जागर नलागेको नपाएको तर छोराछोरीहरुलाई शिक्षाको पहुँचबाट टाढा राख्दिन् ।”
बेल्ही चपेनाका महिला जस्तै अवस्था रहेको छ, सप्तरीको अन्य गाविसका महिलाहरुको । जिल्ला शिक्षा कार्यालयले करोडौं रकम खर्चेर निरक्षरलाई साक्षर बनाउँनका लागि साक्षरता अभियान संचालन गरेपनि व्यवहारमा भने थोरै निरक्षरहरु साक्षर भएका छन् ।
गत वर्ष सप्तरीमा मात्र करिब ६ करोडको हाराहारीमा जिल्लाभरीका निरक्षरहरुलाई पुर्ण रुपमा साक्षर बनाउँनका लागि जिल्ला शिक्षा कार्यालयले विभिन्न संघ संस्था मार्फत साक्षरता अभियान संचालन गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ