News Category 2073/02/19
लामो समयदेखी पत्रकारितामा क्रियाशिल पाँच वरिष्ठ संचारकर्मीहरु सम्मानित शिक्षा र स्वास्थ्य क्षेत्रमा कलम चलाउन सुझाव
दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
समाज र देशको विकासका लागि शिक्षा र स्वास्थ्यलाई अगाडी बढाउनुपर्नेमा एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन ।
आमसंचार समिति युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगको सचिवालय शिक्षा मन्त्रालयको आयोजनामा मंगलबार राजविराजमा आयोजित शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा आमसंचारको भुमिका विषयक कार्यशाला गोष्ठिमा सहभागि बक्ताहरुले सो कुरामा जोड दिएका हुन ।
युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोग मिडिया कमिटिका संयोजक एवं गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक समेत रहनुभएका सीताराम अग्रहरिको अध्यक्षता तथा आयोगका सहायक महासचिव एवं पूर्व सिडियो डा. कमलेश्वर सिन्हाको प्रमुख आतिथ्यमा आयोजित सो गोष्ठीमा बरिष्ठ पत्रकार राजेश्वर नेपालीले शोषित पीडित जनताको आवाज उठाउन संचारकर्मीहरुले अहम भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
संचारकर्मीहरुले इमान्दारिता पूवर्क समाजमा रहेका विभिन्न समस्याहरुलाई उजागर गर्न कलम चलाउनु पर्ने बताउँदै संचारकर्मीले निष्पक्ष ढंगले कसैको छायाँमा नरहेर पत्रकारिता गर्न सुझाव समेत दिनुभयो ।
सोही गोष्ठिमा बरिष्ठ पत्रकार शिवहरी प्रसाद भट्राई, कान्तिपुरका पत्रकार दिनेश यादवले शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका विधमान समस्यालाई पत्रकारहरुले अझ् उजागर गर्नु पर्नेमा जोड दिनुभयो ।
उक्त कार्यशाला गोष्ठिमा विगत लामो समयदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल रहनु भएका बरिष्ठ पत्रकार राजेश्वर नेपाली, अनिल कुमार अनल, शिवहरी भट्राई, वैजनाथ झा तथा मुरली प्रसाद यादवलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको छ ।
पत्रकार नेपाली विगत ५५ वर्षदेखी, अनल विगत ४७ वर्षदेखी, भट्टराई ४० वर्षदेखी, झा विगत ३५ वर्षदेखी तथा यादव विगत २५ वर्षदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल रहनु भएको छ ।
सो गोष्ठीमा सहभागि संचारकर्मीहरुलाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो ।
गोष्ठीमा सप्तरी, सिरहा र धनुषा जिल्लाका दुई दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ