News Category 2073/02/19
लामो समयदेखी पत्रकारितामा क्रियाशिल पाँच वरिष्ठ संचारकर्मीहरु सम्मानित शिक्षा र स्वास्थ्य क्षेत्रमा कलम चलाउन सुझाव
दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
समाज र देशको विकासका लागि शिक्षा र स्वास्थ्यलाई अगाडी बढाउनुपर्नेमा एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन ।
आमसंचार समिति युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगको सचिवालय शिक्षा मन्त्रालयको आयोजनामा मंगलबार राजविराजमा आयोजित शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा आमसंचारको भुमिका विषयक कार्यशाला गोष्ठिमा सहभागि बक्ताहरुले सो कुरामा जोड दिएका हुन ।
युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोग मिडिया कमिटिका संयोजक एवं गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक समेत रहनुभएका सीताराम अग्रहरिको अध्यक्षता तथा आयोगका सहायक महासचिव एवं पूर्व सिडियो डा. कमलेश्वर सिन्हाको प्रमुख आतिथ्यमा आयोजित सो गोष्ठीमा बरिष्ठ पत्रकार राजेश्वर नेपालीले शोषित पीडित जनताको आवाज उठाउन संचारकर्मीहरुले अहम भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
संचारकर्मीहरुले इमान्दारिता पूवर्क समाजमा रहेका विभिन्न समस्याहरुलाई उजागर गर्न कलम चलाउनु पर्ने बताउँदै संचारकर्मीले निष्पक्ष ढंगले कसैको छायाँमा नरहेर पत्रकारिता गर्न सुझाव समेत दिनुभयो ।
सोही गोष्ठिमा बरिष्ठ पत्रकार शिवहरी प्रसाद भट्राई, कान्तिपुरका पत्रकार दिनेश यादवले शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका विधमान समस्यालाई पत्रकारहरुले अझ् उजागर गर्नु पर्नेमा जोड दिनुभयो ।
उक्त कार्यशाला गोष्ठिमा विगत लामो समयदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल रहनु भएका बरिष्ठ पत्रकार राजेश्वर नेपाली, अनिल कुमार अनल, शिवहरी भट्राई, वैजनाथ झा तथा मुरली प्रसाद यादवलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको छ ।
पत्रकार नेपाली विगत ५५ वर्षदेखी, अनल विगत ४७ वर्षदेखी, भट्टराई ४० वर्षदेखी, झा विगत ३५ वर्षदेखी तथा यादव विगत २५ वर्षदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल रहनु भएको छ ।
सो गोष्ठीमा सहभागि संचारकर्मीहरुलाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो ।
गोष्ठीमा सप्तरी, सिरहा र धनुषा जिल्लाका दुई दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ