News Category 2073/02/20
“स्वास्थ्य चौकीमै चर्पी छैन”
दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
सप्तरीका कतिपय स्वास्थ्य चौकीहरुमा नै चर्पी नरहेको पाईएको छ । वि.स.२०४८ सालमै स्थापना भएको सप्तरीको गम्हरिया प्रवाहा गाविसस्थित स्वास्थ्य चौकीमा अझै चर्पी नरहेको पाईएको छ ।
एक जना अहेव, एक जना मासिका, एक जना अनमि, एक जना ग्रास्वाका र एक जना पियन गरी कुल ५ जनाको दरबन्दी रहेको सो स्वास्थ्य चौकीमा चर्पी नहुँदा स्वास्थ्य चौकीका कर्मचारीका साथै सेवाग्राहीहरु समेत खुल्ला ठाउँमै गएर दिसा पिसाव गर्ने गरेका छन् ।
सन् २०१६ भित्रमा सप्तरी जिल्लालाई एक घर, एक चर्पी निर्माण गरी खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिएएपनि जिल्लाका कतिपय स्वास्थ्य चौकीहरुमा अझै चर्पी नरहेको अवस्था रहेको छ ।
स्थानीयबासीहरुका अनुसार महिलाहरु उपचारका लागि स्वास्थ्य चौकी आउँदा उनीहरुलाई शौच गर्न निकै समस्या हुने गरेको छ ।
सो स्वास्थ्य चौकीमा चर्पी निर्माणको लागि करिब एक वर्ष अगाडी गाविसबाट १५ लाख आर्थिक सहयोग प्रदान गरेपनि अझै सो स्वास्थ्य चौकीमा चर्पी निर्माण हुन सकेका छैन ।
यसैबिच सो सम्बन्धमा स्वास्थ्य चौकीका प्रमुख नागेश्वर प्रसाद साहसँग जिज्ञासा राख्दा उहाँले एक वर्ष अगाडी गाविसबाट १५ हजार आर्थिक सहयोग गरेपनि अहिले आएर सो रकमबाट चर्पी निर्माण हुन नसकिने भएकोले स्वास्थ्य चौकीबाट समेत केही रकम जम्मा गरी चाडै नै चर्पी निर्माण गर्ने जानकारी दिनुभयो ।
नेपाल सरकारले सन २०१६ भित्रमा सप्तरी जिल्लालाई तथा सन २०१७ सम्ममा नेपाललाई नै खुल्ला दिसा मुक्त घोषणा गर्ने लक्ष्य लिएपनि यी यस्ता स्वास्थ्य चौकीहरुमा अझै चर्पी नहुँदा कसरी सप्तरी जिल्ला र नेपाललाई खुल्ला दिसा मुक्त घोषणा गर्न सकिन्छ, या एउटा गम्भिर प्रश्न उब्जेको छ ।
स्मरण रहोस, सप्तरीको ९१ गाविसमध्ये २३ वटा गाविसहरु खुल्ला दिसा मुक्त गाविस घोषणा भईसकेको अवस्थामा जिल्लाको अधिकांश गाविसका कार्यालय तथा स्वास्थ्य चौकीहरुमा अझै चर्पी नरहेको अवस्था रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ