News Category 2073/02/20
विदेश पठाइ दिने भनेर चारलाख ठग्ने एजेण्ट ५ लाख तिर्न बाध्य
दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
सप्तरीका तीनजना युवालाई विदेश पठाइदिन्छु भनेर रकम ठग्ने एजेण्टबाट व्याज सहित रकम फिर्ता गराइएको छ ।
चर्को रकम लिएर युवालाई विदेश पठाउँदै आएका स्थानीय एजेण्ट दिपेन्द्र देव पैसा तिर्न बाध्य भएका हुन् । उनले तीन युवालाई ५ लाख ८ हजार फिर्ता गरे ।
पीडितहरुले आफूहरु ठगिमा परेको भन्दै रकम उठाइदिन सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, राजविराजमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा भएको छलफलमा एजेण्ट देव बैदेशिक रोजगारीमा पठाउन भन्दै लिएको पासपोर्ट र केही रकम देवले फिर्ता गरेका हुन् ।
विगत दुई वर्ष अगाडी मलेसियाको राम्रो कम्पनीमा काम लगाइदिने भन्दै देवले राजविराज ९ का रामकुमार दास, दिनेश सदा तथा सञ्जीव साहसँग चार लाख उठाएका थिए । उनीहरुले आफूहरुले साहुमहाजनसँग ५ प्रतिशत ब्याजमा लिएको रकम बताएका छन् ।
उनीहरुले एजेन्ट देवसँग प्रमाणको रुपमा २० लाख वरावरको कागज पनि गराएका थिए । यसैगरी समयमा बिदेश नपठाएमा सो रकमको ब्याज सहित तिर्ने एजेन्टले तिर्ने लिखित प्रमाण समेत राखेका थिए ।
सोही प्रमाणसहित उनीहरुले सामी हेल्भेटासको सहयोगमा सवल नेपालद्वारा सञ्चालित सुचना तथा परार्मश केन्द्र राजबिराजमा निवेदन दिएका थिए । निवेदन प्राप्त भएपछि केन्द्रले एजेण्ट देवलाई दुई महिनादेखि रकम र पासपोर्ट फिर्ता गर्न दवाव दिंदै आएको सवल नेपालका कार्यक्रम संयोजक अशोक साह बताउँछन् ।
यता छलफलकै क्रममा एजेण्ट देवले तिर्न कवुल गरेको ५ लाख ८ हजार मध्ये ३ लाख ५० हजार तत्काल दिएका छन् भनें बाँकी रकम एक महिना भित्र फिर्ता गर्नेगरी कागज गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ