News Category 2073/02/20
विदेश पठाइ दिने भनेर चारलाख ठग्ने एजेण्ट ५ लाख तिर्न बाध्य
दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
सप्तरीका तीनजना युवालाई विदेश पठाइदिन्छु भनेर रकम ठग्ने एजेण्टबाट व्याज सहित रकम फिर्ता गराइएको छ ।
चर्को रकम लिएर युवालाई विदेश पठाउँदै आएका स्थानीय एजेण्ट दिपेन्द्र देव पैसा तिर्न बाध्य भएका हुन् । उनले तीन युवालाई ५ लाख ८ हजार फिर्ता गरे ।
पीडितहरुले आफूहरु ठगिमा परेको भन्दै रकम उठाइदिन सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, राजविराजमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा भएको छलफलमा एजेण्ट देव बैदेशिक रोजगारीमा पठाउन भन्दै लिएको पासपोर्ट र केही रकम देवले फिर्ता गरेका हुन् ।
विगत दुई वर्ष अगाडी मलेसियाको राम्रो कम्पनीमा काम लगाइदिने भन्दै देवले राजविराज ९ का रामकुमार दास, दिनेश सदा तथा सञ्जीव साहसँग चार लाख उठाएका थिए । उनीहरुले आफूहरुले साहुमहाजनसँग ५ प्रतिशत ब्याजमा लिएको रकम बताएका छन् ।
उनीहरुले एजेन्ट देवसँग प्रमाणको रुपमा २० लाख वरावरको कागज पनि गराएका थिए । यसैगरी समयमा बिदेश नपठाएमा सो रकमको ब्याज सहित तिर्ने एजेन्टले तिर्ने लिखित प्रमाण समेत राखेका थिए ।
सोही प्रमाणसहित उनीहरुले सामी हेल्भेटासको सहयोगमा सवल नेपालद्वारा सञ्चालित सुचना तथा परार्मश केन्द्र राजबिराजमा निवेदन दिएका थिए । निवेदन प्राप्त भएपछि केन्द्रले एजेण्ट देवलाई दुई महिनादेखि रकम र पासपोर्ट फिर्ता गर्न दवाव दिंदै आएको सवल नेपालका कार्यक्रम संयोजक अशोक साह बताउँछन् ।
यता छलफलकै क्रममा एजेण्ट देवले तिर्न कवुल गरेको ५ लाख ८ हजार मध्ये ३ लाख ५० हजार तत्काल दिएका छन् भनें बाँकी रकम एक महिना भित्र फिर्ता गर्नेगरी कागज गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ