News Category 2073/02/21
सप्तरीसहित सात जिल्लामा कर्मचारी मञ्च पहिलो देशभरमा कर्मचारी संगठनको पकड
दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको निर्वाचन बुधबार सम्पन्न भएको छ ।
सप्तरीमा सम्पन्न मतगणना परिणाम अनुसार नेपाल मधेशी निजामती कर्मचारी मञ्चले १ सय ९१ मत प्राप्त गरी पहिलो स्थान ल्याएको छ ।
यसैगरी नेपाल निजामती कर्मचारी संगठनले १ सय ९० मत प्राप्त गरेको छ । निजामती कर्मचारी संगठन निजामतीले १ सय ४६ मत, राष्ट्रिय कर्मचारी मिलन केन्द्रले ९४ मत, नेपाल निजामती कर्मचारी युनियन ७५ मत र राष्ट्रिय कर्मचारी संगठनले ३ मत प्राप्त गरेका छन् ।
कुल ७ सय २३ मत खसेकोमा २४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । यसैगरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही र नवलपरासीमा मधेशी निजामती कर्मचारी मञ्चले विजयी हासिल गरेको छ ।
यसैगरि देशभरमै निजामती कर्मचारीको सम्पन्न आधिकारिक टे«ड युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठन पहिलो भएको छ ।
संगठनले ४४.३९ प्रतिशत अर्थात् २१ हजार १२७ मत प्राप्त गरी पहिलो नेपाली काँग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन संघले ३४.१६ प्रतिशत अर्थात् १६ हजार २५९ मत ल्याई दोस्रो, नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले १०.५७ प्रतिशत अर्थात् पाँच हजार २९ मत ल्याई तेस्रो र मधेसी दलनिकट नेपाल मधेसी निजामती कर्मचारी मञ्च ७.४८ प्रतिशत अर्थात् तीन हजार ५६१ मत प्राप्त गरी चौथा भएका छन् ।
पचहत्तर जिल्ला र ४२ विभागका गरी ११७ स्थानका लागि निर्वाचन भएको थियो । ती स्थानमध्ये संगठनले ८०, युनियन संघले २७, संगठन निजामतीले दुई, मधेसी निजामती कर्मचारी मञ्चले सात स्थानमा विजयी हासिल गरे भने न्याय परिषद्मा संगठन र युनियन (संघ)ले बराबर मत प्राप्त गरेका थिए ।
नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले निर्वाचनमा भाग लिएका थिए ।
निर्वाचनमा प्रथम स्थान ल्याउनेले अध्यक्ष र कोषाध्यक्ष, द्वितीय हुनेले महासचिव र तृतीय हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पद पाउने व्यवस्था भए पनि थ्रेसहोल्डमा खसेको कुल मतको १० प्रतिशत मत ल्याउने व्यवस्था गरिएकाले नेपाल मधेसी निजामती कर्मचारी मञ्चले पदाधिकारी नपाउने भएको छ ।
आधिकारिक ट्रेड युनियनको केन्द्रीयस्तरमा १६ सदस्यीय कार्यसमिति र जिल्ला तहमा छ सदस्यीय कार्यसमिति हुने व्यवस्था छ । ट्रेड युनियनको कार्यकाल चार वर्षको हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ