News Category 2073/02/21
श्रम अवधीभन्दा बढी समय बस्दा परिवारलाई ९ लाख ५० हजार घाटा
दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका वडा नं. ७ बस्ने मृतक शम्भु खंगका परिवारले विमा र कल्याणकारी कोषबाट पाउने ९ लाख ५० हजार क्षतिपुर्तीबाट बञ्चित भएका छन् ।
सीपको अभावका कारण कम्पनीमा लेवरको रुपमा काम गरिरहेका खंग काम गर्ने क्रममा २०७३ बैशाख १२ गतेका दिन अनानक वेहोस भई मृत्यु भएको निज मृतकका श्रीमती लालोदेवी खंग र छोरा संतोश खंगले सूचना तथा परामर्श केन्द्रलाई जानकारी दिएका छन् ।
नेपाल सरकारले बैदेशिक रोजगार ऐन २०६४ अनुसार हरेक नेपाली कामदारहरुले बैदेशिक रोजगारीमा जानुपुर्व विमा र कल्याणकारी कोषमा रकम तिरी गए पनि श्रम अवधीभित्र भएका घटनाहरुमा मात्र आर्थिक सहयोग गर्ने भएकोले खंग परिवार विचल्लीमा परेका छन् ।
बि.सं. २०६८ कार्तिक ११ गते श्रम स्विकृती लिई ईनर्जी ओभरसिजलाई नगद ९५ हजार तिरी बैदेशिक रोजगारीको लागि मलेशिया गएका थिए ।
मृतक खंग सूचनाको अभावका कारण श्रम अवधी भन्दा बढी बसेको कारण खंग परिवार विचल्लीमा परेको सुरक्षित बैदेशिक रोजगारसम्बन्धि सूचना तथा परामर्श केन्द्रकी परामर्शकर्ता निता चौधरीले बताउनुभयो ।
यस प्रकारका समस्याहरु जहिले पनि हुनसक्ने र अन्य परिवार पनि समस्यामा पर्न सक्ने सम्भावना भएकोले श्रम सम्झौता सकिएर विदेशमा बस्ने आप्रवासी कामदारहरु आफ्नो भिषा पत्र र मेडिकल रिपोर्ट घरपरिवारमा पठाई विमा र कल्याणकारी कोष नविकरण गर्न समेत परामर्शकर्ताले अनुरोध गरिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ