News Category 2073/02/24
कंकालिनी मन्दिरको अध्यक्षमा श्यामसुन्दर बिजयी
दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
भारदहस्थित कंकालिनी भगवती मन्दिर विकास समितिको अध्यक्षमा श्यामसुन्दर मण्डल निर्वाचित हुनु भएको छ ।
शनिबार सम्पन्न मतगणनाको परिणाम अनुसार मण्डलले ४ सय १७ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी गजेन्द्र प्रसाद माझीले ३ सय २१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै समितिको उपाध्यक्षमा हरि राउतले ३ सय ८५ मत प्राप्त गर्नुभएको छ भने प्रत्यासी सत्यजीत कुमार झाले ३ सय १३ मत प्राप्त गर्नुभयो । सचिवमा लक्ष्मण मण्डलले ३ सय ३७ मत प्राप्त गर्नुभएको छ भने प्रत्यासीद्वय अशोक कुमार खड्गा २ सय ३४ र आकाशकुमार राज भण्डारीले १ सय १० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यसैगरि कोषाध्यक्षमा सत्यनारायण मण्डलले ३ सय ८० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी शुभाषचन्द्र झाले २ सय ७२ मत प्राप्त गर्नुभयो ।
त्यस्तै महिला सदस्यमा प्रमिला देवी मण्डल निर्विरोध निर्वाचित हुनुभयो । दलित सदस्यमा बुदुर रामले ३ सय ५४ मत, कुन्दन कुमार कापैरले ४ सय ५३ मत, जमाहर प्रमाणी २ सय ८५ मत, जोगेन्द्र मण्डलले ३ सय ७५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
यसैगरी समितिको सदस्यमा राजेश कुमार मण्डलले २ सय ८९ र सञ्जय कुमार अधिकारीले २ सय ८८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिका संयोजक शम्भु झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ