News Category 2070/05/26
ठूलो परिमाणमा कोरेक्स सहित एक पक्राउ
दैनिक संवाददाता
राजविराज, २५ भदौ ।
सप्तरी प्रहरीले ठूलो परिमाणमा नेपालमा प्रतिबन्धित औषधी कोरेक्स सहित एक जनालाई मंगलबार बिहान पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सप्तरी प्रहरीले जिल्लाको मौवहा गाविस ८ स्थित दुधेलाबाट १ सय ८० थान कोरेक्स सहित सिरहा जिल्ला सखुवाननकारकट्टी गाविस ९ निवासी ३२ वर्षिय अजय कुमार यादवलाई पक्राउ गरेको छ भने अन्य दुईजना भाग्न सफल भएको जानकारी दिएको छ ।
भारतको लौकहाबाट बलान खोला हुँदै नेपाल सिमा भित्र ल्याउँदै गरेको अवस्थामा गस्ति प्रहरी टोली उक्त मात्रामा कोरेक्ससहित यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
प्रहरी उपरिक्षक अमात्यले पक्राउ परेका यादवलाई लागु औषध ऐन २०३३ बमोजिम २ देखी १० वर्षसम्म कैद र १ देखी २० लाखसम्म जरिवान गर्न सकिने प्रावधान रहेको जानकारी दिनुभयो ।
यता प्रहरीले फरार हुन सफल सोही स्थान निवासी बिन्दी मण्डल र नाम खुल्न नसकेका अर्का एक व्यक्तिलाई खोजतलास गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ