News Category 2073/02/24
अग्निपीडित परिवारलाई जस्ता पाता उपलब्ध गराउने निर्णय
दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
जिल्ला दैवी प्रकोप उद्दार समितिको आइतबार सम्पन्न बैठकले विभिन्न गाविसका अग्निपीडित परिवारलाई जस्ता पाता उपलब्ध गराउनेसहित विभिन्न निर्णयहरु गरेको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लाको हरिपुर गाविस वडा नं. ३ का ८, देउरी भरुवा गाविस वडा नं. ६ का ६ परिवारलाई एक एक बण्डल जस्ता पाता उपलब्ध गराउने निर्णय गरिएको छ ।
त्यस्तै बैठकमा बाँकी रहेको १ सय ३२ परिवार मध्ये एक सय परिवारलाई प्रति परिवार दुई बण्डलका दरले पहिलो आउनेलाई पहिलो सेवा सिद्धान्त अनुसार उपलब्ध गराउने निर्णय भएको छ भने ३२ परिवारलाई गृह मन्त्रालयबाट निकासा माग गरि निकास भएपछि प्रति परिवारलाई दुई बण्डलका दरले उपलब्ध गराउने जनाइएको छ ।
त्यस्तै बैठकले वर्षातको समयमा बाढीबाट क्षति हुने सम्भावनालाई मध्य नजर गरि सम्भावित स्थानहरुको जोखिम पहिचान गर्दै सबै क्लस्टर प्रमुखहरुले आफ्नो जिम्मेवारीमा रहेर कार्यको तयारी बारे बैठक बसी पुर्नमुल्याङ्कन गर्ने र राहत तथा उद्दारका सामाग्रिहरुलाई समेत दुरुस्त राख्ने लगायतका निर्णय गरिएको छ ।
सो बैठकमा सुरक्षा निकायका सम्पूर्ण अधिकृत तथा पदाधिकारीहरु तथा विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ