News Category 2073/02/25
“बालबालिकाप्रति सम्पूर्ण पक्ष जिम्मेवार हुनुपर्छ”
दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
बालबालिकाको हकअधिकारको बारेमा सोमबार राजविराजमा आयोजित एक कार्यक्रममा बक्ताहरुले बालबालिकाप्रति सम्पूर्ण पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् ।
बाल कल्याण समिति समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले बालबालिकाहरु भोलीको कर्णधार भएकाले बाल्यावस्थामै उनीहरुको उचित हेरचार गर्नुपर्ने बताए । वक्ताहरुले बालबालिकाप्रति राज्यले ठूलै रकम खर्चने गरेको तर तर, त्यसको उचित प्रतिफल आउने नगरेको बताए ।
कार्यक्रममा वक्ताहरुले कतिपय ठाउँमा बालबालिकाको नाममा आएका रकम ठूला व्यक्तिहरुले खाने गरेको, बालबालिकालाई हेप्ने गरेको जस्ता कुराहरु बताउँदै यसतर्फ सबैले गम्भीर भएर सोंच्नुपर्ने बताए ।
बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला बाल कल्याण समिति र जिल्ला बाल कल्याण समति सप्तरीको आयोजनामा आयोजित सो गोष्ठी तथा अन्तरक्रियामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिकी संयोजक एवं सांसद रन्जु ठाकुरले बालबालिकाको संरक्षण तथा बालअधिकार प्रवद्र्धनका निम्ति सबैले सोंचमा परवर्तन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बाल कल्याण समितिका केन्द्रिय अध्यक्ष डिल्लीराम गिरीले बालबालिकाको नाममा पैसा खानेलाई कुनै पनि हालतमा राम्रो हुन नसक्ने बताउँदै त्यस्ता व्यक्तिलाई एक जन्ममा मात्र नभई सात बर्षसम्म राम्रो नहुने बताउनुभयो ।
उहाँले बालबालिकालाई जुलुसमा सहभागी गराउने र मराउनेसम्मको कार्य हाम्रै मुलुकमा भइरहेको भन्दै यस्ता कार्यहरु तत्कालै बन्द गर्नुपर्ने बताउनुभयो । आफू पनि विगतमा बालबालिका नै रहेको स्मरण गर्दै बालबालिकाको विकासमा सबैले सहयोग गर्नुपर्ने उहाँको कथन छ ।
कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका निर्देशक रामप्रसाद भट्टराई, बाल कल्याण समितिका निर्देशक तारक धिताल, सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, एसपी भीम प्रसाद ढकाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यस्तै जिल्लाका बासिन्दा, सरोकारबाला, अधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधिलगायतका वक्ताहरुले बालबालिको भविष्यबारे चिन्ता व्यक्त गर्दै सरोकारबालाहरुलाई सुझाव समेत दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ