News Category 2073/02/27
दलितभन्दा पनि विपन्न वर्गको उत्थानमा राज्यले जोड दिनुपर्छ ः पूर्वमुख्यमन्त्री माझी
दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
भारतको विहार राज्यका पूर्वमुख्यमन्त्री जितनराम माझीले दलितभन्दा पनि विपन्न वर्गको उत्थानमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ ।
आम मुलनिवासी मुक्ति मोर्चाको आयोजनामा सप्तरीको उच्च मावि नेङ्गरा वेरियाको प्राङ्गणमा बुधबार आयोजित अधिकार सभामा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले मुसहर वा अन्य दलित अथवा कथित उच्च जातिकै मानिस भएपनि गरिबीको चपेटामा परेको बताउनुभयो ।
उहाँले ब्राहमणवादको अन्त्य नभएसम्म मुलनिवासीहरुको हकअधिकार सुनिश्चितता हुन नसक्ने भएकोले ब्रहमणवादलाई जडैबाट अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले समुदाय मिलेर नै देश बनेको हुँदा सबै समुदाय शिक्षित र सम्पन्न भए मात्र देशको इज्जत बढ्छ भन्नुभयो । माझीले दलित समुदायहरुका लागि राज्यले शिक्षा, स्वास्थय तथा रोजगारको अवस्था श्रृजना गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वमुख्य मन्त्रि माझीले अत्यधिक मदिरा पिउने समुदायका रूपमा चिनिएका दलित बस्तीहरुलाई मद्यपान त्याग्न, स्वच्छ र शिक्षित बन्न तथा धामीझाँक्रीको परम्परा त्यागेर स्वस्थ रहने उपाय सिक्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “बिहान ओछ्यानबाटै रक्सी खाने र खानकै लागि मात्र काम गर्ने मुसहर जातिको परम्परालाई त्यागेर बालबच्चाको पढाइमा खर्च गर्ने र बच्चालाई कसरी शिक्षित नागरिक बनाउन सकिन्छ भनेर सोच्ने मनोवृत्तिको विकास गर्न जरुरी छ ।”
उहाँले मुसहर जातिलाई अघि बढ्ने प्रेरणाको स्रोतका रूपमा रहेका दिनाराम, दिनाभद्रीको नाउँमा ट्रस्ट निर्माण गर्न पनि नेपाल सरकारसँग मागसमेत गर्नुभयो ।
पूर्व मुख्यमन्त्री माझीले दिनाभद्रीको उचित संरक्षण सम्वद्र्धनका लागि राज्य पनि उदासिन रहेको आरोप लगाउँदै दिनाभद्री दलित जातीका भएकाले त्यसलाई संरक्षण सम्वद्र्धन गर्नका लागि राज्यले कुनै चाँसो नदेखाएको आरोप लगाउनुभयो ।
आम मुलनिवासी मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष मो.इस्लामको अध्यक्षता तथा माननीय सांसद सुरेन्द्र यादवको विशिष्ट आतिथ्यमा आयोजित सो समारोहमा मोर्चाका केन्द्रिय उपाध्यक्ष झब्बर प्रसाद राम, राम प्रसाद राम, डा.दिलिप साह, जयराम भगत, बलराम सदा, नेपाली काग्रेसका भागवत प्रसाद यादव, सदभावना पार्टीका अमरेन्द्र यादव, दिगम्बर यादव, बिरेन्द्र गोठिया सहितका बक्ताहरुले सम्पुर्ण मुल निवासीहरु मिलेर ब्राहमणवादलाई समाप्त गरी मुल निवासीहरुको लागि क्रान्तिको खाँचो रहेको बताउनुभयो ।
यसैबिच सोही अधिकार सभामा नेपाल भारतका सुप्रसिद्ध कलाकार युवा गायक भागवत मण्डल तथा अन्य कलाकारहरुले नृत्य तथा गितहरु समेत प्रस्तुत गरिएको मोर्चाका केन्द्रिय सचिव राज कुमार मण्डलले जानकारी दिनुभयो ।
यसअघि पुर्वमन्त्री माmभीले नेङ्गरा गाविसस्थित जोगियामा रहेको दिनाभद्रीको जन्मस्थल गएर दर्शन तथा पुजाआजा मसेत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ