News Category 2070/05/26
आठ सय कर्मचारीले निर्वाचन सम्बन्धी तालिम लिदै
दैनिक संवाददाता
राजविराज, २५ भदौ ।
आसन्न संविधनसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय सप्तरीले आगमी निर्वाचनमा खटिने कर्मचारी तथा गाविस सचिवहरुलाई तालिम दिन शुरु गरेको छ ।
गाउँ गाउँमा खटिने कर्मचारी तथा गाविस सचिवहरु गरी ८ सय जनालाई मतदाता शिक्षा सम्बन्धि तालिम दिन शुरु गरेको जनाएको छ ।
ती कर्मचारीहरु मध्ये ५ सय ६० जनालाई मतदाता परिचयपत्र बितरण र मतदाता शिक्षा सम्बन्धित घरदैलोमा प्रचार प्रसारमा खटाईने जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो ।
त्यसैगरि गाविस सचिवहरुलाई निर्वाचन प्रभावकारी ढंगले सम्पन्न गराउन वातावरण बनाउनका लागि तालिम दिइएको उहाँले बताउनुभयो ।
मंसीर ४ गतेको निर्वाचन प्रयोजनका लागि अगामी असोज १ गतेदेखि जिल्लाको ६ वटा क्षेत्रीय निर्वाचन कार्यालय स्थापना गर्न लागेको जानकारी दिदै प्रमुख साहले निर्वाचन अधिकृतका लागि जिल्ला अदालतका ६ जना न्यायाधिशहरुलाई तालिममा सहभागि हुन बिराटनगर पठाइएको बताउनुभयो ।
जिल्ला अदालतका मुख्य न्यायाधिश रामप्रसाद अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएकोमा उहाँले नै सप्तरी क्षेत्र नं. ३ को जिम्मेवारी समेत दिइने निर्वाचन अधिकृत साहले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ