News Category 2073/02/28
नयाँ शक्ति नेपालका जिल्ला संयोजक साहलाई रिहा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
नयाँ शक्ति नेपालका जिल्ला संयोजक साहलाई
रिहा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
नयाँ शतिm नेपाल सप्तरीका संयोजक अरुण कुमार साहलाई रिहाको माग गर्दै विहिवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।
नयाँ शतिm नेपाल सप्तरीका संयोजक एवं केन्द्रिय परिषद् सदस्य अरुण कुमार साहलाई जनयुद्धकालिन मुद्दामा पक्राउ गरी जेल चलान गरेको विरोधमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतममार्फत प्रधानमन्त्रीलाई तीन सुत्रिय माग राख्दै सो ज्ञापन बुझाएको हो ।
नयाँ शतिm नेपाल केन्द्रिय परिषद् सदस्य छेदी रजकको नेतृत्वमा नारा, जुलुस गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी पुगी प्रमुख जिल्ला अधिकारी बलदेव गौतम मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।
जनयुद्धका बेला लगाईएका सम्पूर्ण मुद्दाहरु सत्य निरुपन तथा मेलमिलाप आयोग मार्फत हल गर्नुको साटो लगाईएको आरोप पूर्णतया झुठा रहेकाले तत्कालै यस मुद्दालाई खारेज गरी रिहा गर्न प्रधानमन्त्रीलाई ध्यानआकर्षण गराइएको छ ।
द्धन्द्वकालिन झुठा मुद्दा खारेज गर्नु पर्ने, अरुण साहलाई तत्काल रिहा गर्नु पर्ने, जनयुद्धका बेला लगाईएका सम्पूर्ण नेता तथा कार्यकर्ता माथिको मुद्दा खारेज गर्नुपर्ने मागहरु बुझाइएको ज्ञापनमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ