News Category 2073/02/31
स्थानीय र प्रादेशिक चुनावमा नयाँ शक्ति पहिलो शक्ति हुन्छ ः डा. भट्टराई
दैनिक समाचारदाता
काठमाडौं, ३० जेठ ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आगामी स्थानीय र प्रादेशिक चुनावमा आफ्नो पार्टीलाई पहिलो शक्ति बनाउने दाबी गर्दै आफूहरु कुनै राजनीतिक दलहरुको भाग खोस्न नआएको बताउनु भएको छ ।
काठमाडौंस्थित दशरथ रंगशालामा आइतबार पार्टी घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाहेकलाई नयाँ शक्तिले धक्का दिन नसक्ने भनाईलाई उद्धृत गर्दै डा. भट्टराईले सो कुरा बताउनु भएको हो ।
घोषणासभामा प्रधानमन्त्री ओलीको वैकल्पिक राजनीतिक दलको सम्भावना रहेको बताउनुभयो । उहाँले नयाँ राजनीतिक पार्टीबाट आफू पनि आशावादी भएको बताउनुभयो । उहााले देश, जनता, राष्ट्रिय एकता, शान्ति, समृद्धि, स्थायीत्व, एकता र विकासका लागि नयाँ शक्तिले काम गरोस् भन्ने शुभकामना दिनुभयो ।
यस्तै घोषणासभामा कांग्रेस सभापति देउवाले आर्थिक विकासका लागि नेपालका सबै राजनीतिक दलहरुबीच सहकार्यमा जोड दिनुभयो ।
माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपालको राजनीतिक इतिहासका हरेक दशकमा नयाँ शक्ति जन्मिरहेको उल्लेख गर्दै तर जनताको आशालाई पूरा गर्न भने नसकेको बताउनुभयो ।
महराले राजनीतिक स्थिरताबिना आर्थिक विकास सम्भव नरहेको बताउँदै सबै दलबीच राजनीतिक सहमतिमा जोड दिनुभयो ।
कार्यक्रममा राप्रपा नेपालका नेता सुशील श्रेष्ठले नयाँ शक्ति वैकल्पिक राजनीतिक शक्ति बन्ने बताउँदै शुभकामना दिनुभयो । राप्रपा नेता सुनिलबहादुर थापाले पनि नयाँ शक्तिलाई शुभकामना दिनुभयो ।
कार्यक्रममा भारतीय नेताहरु डीपी त्रिपाठी, भारतीय पत्रकार आनन्दस्वरुप बर्मा, व्यवसायी योगेन्द शाक्यलगायतले पनि शुभकामना दिनुभयो ।
सो सभामा भारतका राजदूत रञ्जीत रे उपस्थित भए भने चीन र अमेरिकी राजदूतका कर्मचारीमात्रैले सहभागिता रहेको थियो । नेताहरुले नयाँ पार्टीले लिएको आर्थिक विकासको नीतिको स्वागत गर्दै राजनीतिक सहकार्यको प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी, नागरिक समाज, मानवअधिकारकर्मी, व्यवसायी, पत्रकार आदिको पनि उपस्थिति रहेको थियो । उद्घाटनअघि विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । माओवादी केन्द्रका नेता महरा, नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षित, नयाँ शक्तिका रामचन्द्र झा लगायतले सम्बोधन गर्दै नयाँ शक्तिले देशको आर्थिक समृद्धिको पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ