News Category 2073/02/31
सेनाको सहयोगमा शनि मन्दिर निर्माण कार्य सुरु
दैनिक समाचारदाता
राजवविराज, ३० जेठ ।
नेपाली सेनाको सहयोगमा अव्यवस्थित रहेको सप्तरीको तेरहौता गाविस ५ स्थित शनि मन्दिर निर्माण कार्य सुरु गरेको छ ।
विगत केही वर्षदेखि नै नियमित पुजापाठ तथा दर्शनका लागि दशनार्थीहरु प्रत्येक शनिबार हजारौको संख्यामा श्रद्धालु भक्तजनहरु पुग्ने गरेकोले उक्त स्थानलाई व्यवस्थित पार्नका लागि नेपाली सेना तथा शनि धाम समितिका पदाधिकारीहरुको सहयोगमा सो मन्दिरको निर्माण कार्य थालिएको हो ।
पुर्व पश्चिम राजमार्ग अन्तगर्त तेरहौता गाविसस्थित बिरेन्द्र बजारदेखि करिब तीन किलो मिटर उत्तर दुधैला र अन्धेरी खोलास्थित चुरिया पर्वतमा अवस्थित उक्त मन्दिर बर्षौदेखि जिर्ण रहेकोले सो मन्दिर संरक्षण सम्वद्र्धनका साथै निर्माण कार्यमा नेपाली सेनाका साथै समितिका पदाधिकारी तथा स्थानीय युवाहरु लागिपरेको समितिका अध्यक्ष भुपेन्द्र यादवले जानकारी दिनुभयो ।
शनि ग्रहबाट मुक्ति पाउने जनविश्वासका साथ प्रत्येक शनिबार सो मन्दिरमा हजारौ श्रद्धालु भक्तजनहरु पुजाआजा तथा दर्शनको लागि आउने गरेको मन्दिरका पुजारी बाबा शंकरले जानकारी दिनुभयो ।
यसअघि सो मन्दिरको बाटो निर्माण कार्यमा समेत नेपाली सेनाले सहयोग गरेको समितिका अध्यक्ष यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ