News Category 2073/03/02
दलितको कार्यक्रममा सीडियो र एलडिओ नआएकोमा विभेद भएको गुनासो
दैनिक समाचारदाता
राजविराज, १ असार ।
जिल्ला विकास समितिको दलित समन्वय समिति सप्तरीले वुधवार राजविराजमा आयोजना गरेको जनचेतनामुलक छुवाछुत तथा भेदभाव न्युनिकरण सम्बन्धि कार्यक्रममा दलित अगुवाहरुले जातीय भेदभाव तथा छुवाछुत न्युनिकरणका लागि ऐनको प्रभावकारी कार्यान्वयनसँगै गाउँ गाउँमा जनचेतना जगाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा सहभागि दलित अगुवाहरुले जातीय भेदभाव तथा छुवाछुत सम्बन्धि कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, निमित्त स्थानिय विकास अधिकारी प्रदीप कुमार सिंह यादव लगायतका कार्यालय प्रमुखहरुलाई आमन्त्रण गरिएपनि उपस्थित नभएर आफुहरु माथि बिभेद गरेको गुनासो समेत गरेका छन् ।
अन्य कार्यक्रमहरुमा गएर घण्टौं समय बिताउँन सिडियो र एलडियोलाई फुर्सद हुने तर, दलितको कार्यक्रममा आउन फुर्सद नहुने ? प्रश्न गर्दै दलित समुदायका अगुवाहरुले दलितकै कार्यक्रम भएकाले उहाँहरु कार्यक्रममा नआएको आरोप समेत लगाएका थिए ।
कार्यक्रममा राष्ट्रिय दलित आयोगका पुर्व सदस्य तथा तमलोपाका जिल्ला सचिव बौवालाल शर्माले जातीय भेदभाव कसुर सजाय ऐन बनेपनि कार्यान्वयन गर्ने निकायको उदासिनताका कारण प्रभाबकारी कार्यान्वयन हुन नसकेको बताउँदै ऐनको प्रभाबकारी कार्यान्वयनका लागि गाउँ गाउँमा चेतना फैलाउनुपर्ने बताउनुभयो ।
दलित समन्वय समिति सप्तरीका उपाध्यक्ष भुबनेश्वर साफीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका जिल्ला इञ्चार्ज प्रथमलाल राम, बहुजन शक्ति पार्टीका जिल्ला अध्यक्ष राजकिशोर खंग, नेकपा एमालेका जिल्ला सदस्य बिष्णुदेव राम, एमाले निकट मुक्ति समाज सप्तरीका सचिव डिकबहादुर बिक, पत्रकार राजु विश्वकर्मा, संघीय समाजवादी फोरमका फुलदेव राम, नेपाल सद्भावना पार्टीका कैलु राम, दलित महिला अगुवा मोहनी साफी, प्रमिला सदा र सन्जु परियार लगायतले दलित समुदायको सशक्तिकरणका लागि गाउँ गाउँमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ