News Category 2073/03/03
एसएलसी परीक्षाको परीक्षाफल लेटर ग्रेडिङ पद्धतिमा सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २ असार ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको एसएलसी परीक्षाको नतिजा बिहीबार दिउँसो सार्वजनिक गरेको छ ।
यस वर्षदेखि अक्षराङ्कन (लेटर ग्रेडिङ) पद्धति लागू भएअनुसार कार्यालयले विभिन्न नौ ग्रेडिङमा परीक्षाफल सार्वजनिक गरेको हो । एसएलसी परीक्षा सुरु भएको ८२ वर्षे इतिहासमा यस वर्ष एसएलसीको नतिजा नयाँ पद्धतिमा सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको परिक्षाफल अनुसार नियमिततर्फ ९० देखि १०० प्राप्ताङ्क ल्याउने ‘ए’ प्लसमा १६ हजार ४५४ जना, ८० देखि ९० सम्म ल्याउने ‘ए’ ग्रेडमा ४१ हजार ५७७ जना, ७० देखि ८० सम्म ल्याउने ‘बी’ प्लसमा ४८ हजार ६११ जना, ६० देखि ७० सम्म ल्याउने ‘बी’ मा ६३ हजार १८१ जना, ५० देखि ६० सम्म ल्याउने ‘सी’ प्लसमा ९४ हजार ७१६ जना, ४० देखि ५० सम्म ल्याउने ‘सी’ ग्रेडमा एक लाख चार हजार २७८ जना, ३० देखि ४० सम्म ल्याउने ‘डी’ प्लसमा ५६ हजार ७६३ जना, २० देखि ३० सम्म ल्याउने ‘डी’ मा आठ हजार र १० देखि २० सम्म ‘इ’ मा ११ रहेका छन् ।
यस्तै आंशिकतर्फ ९० देखि १०० सम्म ल्याउने ‘ए’ प्लसमा चार जना, ८० देखि ९० सम्म ल्याउने ‘ए’ ग्रेडमा आठ जना, ७० देखि ८० सम्म ल्याउने ‘बी’ प्लसमा ९४ जना, ६० देखि ७० सम्म ल्याउने ‘बी’ मा दुई हजार ९४३ जना, ५० देखि ६० सम्म ल्याउने ‘सी’ प्लसमा २९ हजार ७८०, ४० देखि ५० सम्म ल्याउने ‘सी’ ग्रेडमा ७५ हजार ३४०, ३० देखि ४० सम्म ल्याउने ‘डी’ प्लसमा ३७ हजार ९३९, २० देखि ३० सम्म ल्याउने ‘डी’ मा दुई हजार ४५२ र १० देखि २० सम्म ‘इ’ मा दुई जना छन् ।
त्यस्तै नियमिततर्फ उमेर नपुगेका १६ जना, सैद्धान्तिक प्राप्ताङ्क नभएको एक हजार ७३३ जना, प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क नआएको एक हजार ८०० को परीक्षा रद्द भएको १८८ र परीक्षा स्थगित (ड्रप आउट) गरेका छ हजार ८७८ जना र निष्कासनमा परेको एक जना रहेका छन् ।
यस वर्ष नियमित र आंशिकतर्फ कुल ६ लाख १५ हजार ५५३ जना परीक्षार्थीले आवेदन दिएकामा कुल पाँच लाख ८८ हजार १५२ जना परीक्षामा सहभागी भएको कार्यालयले जनाएको छ । जसमा नियमिततर्फ चार लाख ३७ हजार ३२६ जना र आंशिकतर्फ एक लाख ५० हजार ८२६ रहेका छन् । परीक्षाको आवेदन दिनेमध्ये ११ हजार ८६४ परीक्षार्थी परीक्षा दिन अयोग्य भएको र १५ हजार ५३७ जना अनुपस्थित थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ