News Category 2073/03/04
असार ५ गतेदेखी दोश्रो मदन आश्रित राष्ट्रिय क्रिकेट प्रतियोगिता
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
पुर्वाञ्चलमै सबैभन्दा बढी १ लाख राशी प्रथम पुरस्कार भएको दोश्रो मदन आश्रित राष्ट्रिय क्रिकेट टी ट्वान्टी क्रिकेट प्रतियोगिता असार ५ गतेदेखी राजविराजमा हुने भएको छ ।
शुक्रबार राजविराजस्थित राजरंगशालामा आयोजित पत्रकार सम्मेलनमा सप्तरी क्रिकेट संघका सचिव आयुष श्रेष्ठले प्रतियोगितामा राष्ट्रिय खेलाडी शक्ति गौचन समेतको सहभागि टीमले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो ।
युवा संघ नगर कमिटि राजविराजको आयोजनामा, सप्तरी क्रिकेट संघको समन्वय तथा जिल्ला खेलकुद विकास समिति सप्तरीको सहयोगमा आयोजना हुन लागेको सो प्रतियोगिता नकआउट आधारमा खेलिने छ ।
६ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताका प्रथमलाई १ लाख र दोश्रो हुनेलाई ५० हजारको पुरस्कार प्रदान गरिने छ । १८ लाख खर्च हुने प्रतियोगिताका लागि १० लाख खेलकुद परिषद्ले दिने तथा ८ लाख स्थानिय स्तरबाटै संकलन गर्ने जनाइएको छ । प्रतियोगिता असार ९ गतेसम्म सञ्चालन हुनेछ ।
युवा संघ नगर कमिटका अध्यक्ष दिपक यादवको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने, जिल्ला खेलकुद विकास समिति सप्तरीका प्रमुख लक्ष्मण मंडल, युवा संघका पदाधिकारीहरु, खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ