News Category 2073/03/06
काँग्रेसकै नेतृत्वमा सहमतिको सरकार बन्नुपर्छ ः नेता केसी
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले नेपाली काँग्रेस सबै भन्दा ठूलो दल भएकोले काँग्रेसकै नेतृत्वमा सहमतिको सरकार बन्नुपर्ने बताउनु भएको छ ।
सप्तरी क्षेत्र नं. ४ का निर्वाचित क्षेत्रिय कार्यसमितिको पदभार ग्रहण तथा कार्यकर्ता भेला सभालाई शनिवार सम्बोधन गर्दे नेता केसीले अहिलेको सरकारमा काँग्रेस सहभागि नहुने बताउँनुभयो ।
उहाँले भन्नुभयो, “सबैभन्दा ठूलो दल काँग्रेस भएकोले अबको सरकार काँग्रेसकै नेतृत्वमा बन्छ ।”
सभालाई सम्बोधन गर्दै केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सपना बाँड्ने काम मात्र गरिरहेको आरोप समेत लगाउनुभयो ।
यस्तै नेता केसीले नेपाली काँग्रेसले सरकारको नेतृत्व लिन नसेका कारण मधेश केन्द्रित दलहरुले मधेशको मुद्दा लिएर अगाडी बढे्को भन्दै मधेशको समस्या काँग्रेसले नै समाधान गर्नुपर्छ भन्नुभयो ।
क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति रामप्रसाद मंडलको अध्यक्षतामा आयोजित कार्यक्रममा काँग्रेसका जिल्ला सभापति दिनेश यादवले सप्तरी जिल्लाको प्रत्येक गाउँमा काँग्रेसले आफ्ना कार्यकर्ताका लागि चेतनामूलक अभियान चलाउने बताउनुभयो । पछिल्लो समयमा जिल्लाम काँग्रेस भित्रै भएका अन्तरघातका कारण आफू दुईपटक चुनाव हारेको उदाहरण दिदै अब त्यस्तो गुट उपगुट अन्त्यका हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
क्षेत्र नम्बर ४ को अर्नाहा गाविस स्थित राजोवति मावि कुशहामा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव रामकुमार यादव, कोषाध्यक्ष शिवनाराण चौधरी, जिल्ला विकास समिति सप्तरीका पूर्व सभापति विरवल विराजी, क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति ललन कुमार गुप्ता, क्षेत्र नम्बर ३ का सभापति महानन्द प्रसाद यादव, क्षेत्र नम्बर ५ सभापति किरण भगत, नेवि संघका पूर्व सहमहामन्त्री इरसाद अन्सारी, नेपाल शिक्षक महासंघका सप्तरी अध्यक्ष फूलेश्वर मंडल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष परशुराम यादव लगायतकाले मधेश प्रति नेपाली काँग्रेसले स्पष्ट घारणा बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
साोही अवसरमा सैयौं कार्यकर्ता अन्य पार्टीबाट नेपाली काँग्रेसमाम प्रवेश गरेका थिए । उनीहरुलाई नेता केसीले टिका लगाएर स्वागत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ