News Category 2073/03/07
आत्मघाती बम बिस्फोटनमा परी काबुलमा १४ नेपालीको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहले सोमबार बिहान गराएको बम विस्फोटनमा परी १४ जना नेपालीको मृत्यु भएको छ ।
काबुलमा सोमबार बिहान नेपाली सुरक्षागार्ड बोकेको मिनीबसमाथि बम आक्रमण भएपछि त्यसमा सवार मध्ये १४ जना नेपालीको मृत्यु भएको अफगान गृह मन्त्रालयले जनाएको छ ।
यता सो आक्रमणमा परी नौं जना घाइते भएको मन्त्रालयको वेबसाइटमा जनाइएको छ । घाइते हुनेमा पाँच नेपाली र चार अफगान नागरिक रहेका छन् ।
एक विदेशी कम्पनीमा काम गर्ने ती नागरिकलाई लिएर गएको बसलाई राजधानी काबुलमा बिहान ५.४० बजे नै आक्रमणकारीहरुले निशाना बनाएका थिए ।
उक्त बसलाई निशाना बनाएर एक हमलाकारीले आत्मघाती बम हानेको र त्यस आक्रमणबाट आक्रमणकारी र उक्त बसमा रहेका १४ जनाको ज्यान गएको गृहमन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
काबुल नजिकैको पुल इ चर्खी सडकमा बस गुडिरहेका बेला एकजना आत्मघातीले बसलाई नै ताकेर विस्फोट गराएको बताइएको छ ।
मध्य काबुलमा रहेको एक विदेशी दूतावासमा सुरक्षागार्डका रुपमा कार्यरत उनीहरु सोमबार बिहानै आफ्नो ड्युटीमा जान लागेका समयमा यो दुर्घटना भएको अनुमान गरिएको छ ।
सो आक्रमणपछि त्यस वरपरका अरु सवारीसाधनमा पनि क्षति पुगेको छ । घटनास्थल वरपरका घर पसलहरुमा पनि ठूलो क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।
यता नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले उक्त घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत उक्त घटनामा निधन भएका नेपालीहरुप्रति समवेदना प्रकट गर्नुभएको छ ।
यसैबीच आक्रमणको अफगानिस्तानको तालिवान संगठनले जिम्मेवारी लिएको छ । तालिवान प्रवक्ता जबिउल्लाह मुजाहिदले सोमबार बिहानै विज्ञप्तिमार्फत सो जिम्मेवारी लिएको काबुलबाट प्राप्त समाचारमा जनाइएको छ ।
अफगानिस्तानका कार्यकारी प्रमुख अब्दुल्लाह अब्दुल्लाहले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । कार्यकारी प्रमुख अब्दुल्लाहले उक्त बम हमलाको निन्दा गर्नुभएको छ ।
प्रमुख अब्दुल्लाहले आफ्नो ट्वीटर अकाउन्टमा सो घटना आतङ्कवादी कामबाहेक अरु केही होइन भन्दै यसप्रति दुःख व्यक्त गर्नुभएको छ । एजेन्सीहरु
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ