News Category 2073/03/08
बाढीले सयौं घर डुबानमा, दुईको मृत्यु कोशी नदीमा पानीको बहाव बढ्यो
दैनिक समाचारदाता
राजविराज, ७ असार ।
सोमबार रातिदेखी परेको अविरल वर्षाका कारण पूर्वका जिल्लाहरुमा बाढी आएको छ । सो बाढीमा परी दुईजनाको मृत्यु भएको छ ।
यस्तै कोशी नदीमा पानीको बहाव बढेको छ । मंगलबार बिहान कोशीब्यारेजमा १ लाख २६ हजार ८३० क्युसेक पानी मापन गरिएको छ ।
पानीलाई निकास दिनका लागि ब्यारेजका ५६ मध्ये २० ढोका खोलिएको छ । वर्षा भइरहेकाले पानीको बहाव अझै बढ्ने सक्ने कोशी ब्यारेज कन्ट्रोल रुपले जनाएको छ ।
सुनसरीको ईहटरी ४ स्थित पैनीमा डुबेर मंगलबार एक जनाको ज्यान गएको छ । स्थानिय ६६ वर्षिय राम बहादुर बराइलीको शव कचना मन्दिर नजिकै रहेको पैनीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै सुनसरीको इटहरी २२ बालग्राममा करेन्ट लागेर ५० वर्षिय भानु भक्त तिम्सिनाको ज्यान गएको छ ।
रातिदेखि आएको अविरल वर्षा हेर्न भनि छत माथी उक्लिएका तिम्सिनाको हाइटेन्सन लाईन छुन पुग्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय पकलीबाट टोली खटि गई कानूनी प्रकृया सम्पन्न गरिएको छ ।
यता पूर्वका झापा, मोरङ र सुनसरी जिल्लाका बिभिन्न खोलामा वर्षाका कारण आएको बाढीले सयौ घर डुबानमा परेका छन । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण मोरङको मधुमल्लास्थित नुनसरी बक्राहा खोलामा आएको बाढीले मंगलबार बिहान बाँध फुटेर गाँउमा पानी पस्दा कसेनीका सयौ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय मधुमल्ला र उर्लाबारीबाट प्रहरी टोली खटिगई अलपत्र परेका ८ र ९ घरका स्थानियहरुलाई उद्दार गरी आफन्तकोमा राखिएको छ । त्यस्तै मोरङकै हसन्दह ५ मा समेत बक्राहा खोलाले बाँध फुटाई गाउँमा पानी पस्दा २० घर डुवानमा परेका छन ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय पथरी र प्रहरी चौकी रमाईलोबाट प्रहरी परिचालन भएको छ । त्यसैगरी सुनसरीको इटहरी २० पकलीस्थित भोक्राहा खोलामा आएको बाढी खोला किनारमा रहेका ५ घरमा पसेर डुवान भएको छ ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटि गई डुवानमा परेका घहहरु खाली गराएको छ । त्यसैगरी झापाको मेची नदीमा आएको बाढीले भद्रपुर नगरपालिका वडा नम्बर ५ र ७ स्थित नदी किनारमा रहेका बस्तीमा पसेर सयौ घर टहराहरुमा अन्दाजी डेढ फिट जति पानी घरभित्र पसेर डुवान भएको छ । उक्त स्थानमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी खटि गई डुवानमा परेका घरहरु खाली गर्न माइकिङ गरी अनुरोध गरेका छन ।
यसैगरी लगातारको बर्षाका कारणले सप्तरी जिल्लाको दक्षिणी भेगका केही गाविसहरु समेत डुबानमा परेका छन । लगातारको बर्षाका कारणले जिल्लाको लौनिया, तिलाठी, सकरपुरा, रम्पुरा मल्हनिया लगायतका गाविसहरुमा पानी पसेको स्थानीयबासीहरुले बताएका छन । यस्तै लगातारको बर्षाका कारणले खाँडो नदीमा आएको बाढीले राजविराज कुनौली सडक खण्डमा समेत पानी जमेपछि सर्वसाधारणहरुलाई आवत जावतमा निकै समस्या खेप्नुपरेको स्थानीयहरुले बताएका छन ।
बर्षेनी समान्य वर्षामा पनि त्यस भेगका सर्वसाधारणहरुले खाँडो नदीका कारणले उक्त सडक खण्ड अवरुद्ध हुन पुगका कारणले सो सडक खण्डमा संचालन हुने करिब एक दर्जन टेम्पो तथा ईरिक्सा समेत संचालन हुन सकेका छैनन् ।
त्यस्तै लगातारको बर्षाका कारणले जिल्लाको विभिन्न नदीहरुमा पानीको वहाव बढेका छन भने राजविराजस्थित राजरंगशाला समेत डुबानमा परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ