News Category 2073/03/09
“खुल्ला दिसा मुक्त घोषणा गरिएको गाविसका बासिन्दाहरु अझैं बाहिरै शौच गर्छन्”
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
सन् २०१६ भित्रमा सप्तरी जिल्लालाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिएर धमाधम विभिन्न गाविसहरुलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गरेपनि अझै ती गाविसका स्थानीयबासीहरु खुल्ला स्थानमै शौच गर्ने गरेका छन ।
“एक घर एक चर्पी” निर्माण गरी गाविसलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गरिएपनि सो अभियान व्यवहारमा लागु गर्न सकिएको छैन् ।
एसएनभि नेपालको सहयोग तथा संचावत्ति ग्रामिण विकास केन्द्र उदयपुर (पिआरडिसी) नेपालको आयोजनामा जिल्लाको पंसेरा गाविसलाई एक समारोहबीच गत जेठ ५ मा खुल्ला दिसा मुक्त गाविस घोषणा गरेपनि त्यहाँका स्थानीयबासीहरु अझै चर्पीमा दिसा नगरी बाहिरै गएर दिसा पिसाव गर्ने गरेको पाइएको छ ।
पंसेरा गाविसलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गरेपनि त्यहाँका दलित बस्तीका करिब दश प्रतिशतको घरमा अझै चर्पी नै नरहेको पाईएको छ । पंसेरा गाविस वडा न. ८ र ९ गौराहा टोलका दलित बस्तीमा अझै चर्पी नहुँदा त्यहाँका स्थानीयबासीहरु खुल्ला ठाउँमै गएर दिसा पिसाव गर्ने गरेको स्थानीयबासीहरुले बताएका छन ।
पंसेरा गाविस ८ का रामचन्द्र खंगको घरमा अझै चर्पी नभएकाले उहाँ तथा उहाँका परिवारहरु समेत अझै बाहिर बाँसघारीमै गएर दिसा पिसाव फेर्ने गरेको पाईएको छ ।
उहाँजस्तै पंसेरा गाविसका विभिन्न वडाका करिब दश प्रतिशत सर्वसाधारणहरुको घरमा चर्पी नरहेपनि हचुवाकै तालमा गाविसलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गरेको स्थानीय जानकारहरुको कथन रहेको छ ।
त्यहाँका कतिपय सर्वसाधारणहरुले चर्पीका लागि रिंग, प्यान, पाईप तथा अन्य समानहरु ल्याएपनि उनीहरुले अझै चर्पी बनाउन तदारुकता देखाएका छैनन् । यता घरको आर्थिक अवस्था कमजोर भएकोले अहिलेसम्म चर्पी नबनाएको तथा बाहिर गएर दिसा पिसवा फेर्ने गरेको पंसेरा गाविस ८ की भुटकी देवी दास तत्माको भनाई छ ।
पंसेरा गाविसमा “एक घर एक चर्पी” निर्माण भएको भन्दै जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति सप्तरीले अनुमगन गरी यस गाविसलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गर्नका लागि सिफारिस गरेपछि मात्र सो गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा भएपनि अझै त्यहाँका करिब दश प्रतिशत घरधुरीमा चर्पी नभएको तथ्याङ्क भेटिएको छ ।
कतिपय घरमा चर्पी हुँदा हुँदा पनि बाहिरै गएर दिसा पिसाव गर्ने गरेको स्थानीयबासीहरुले आफै स्विकार गरेका छन । कानुनी दायरा अपनाएपछि आफुहरुले चर्पी त बनाए तर चर्पीमा अझै दिसा नगरी बाहिरै गएर दिसा पिसाव फेर्न गरेको पंसेरा गाविस ८ गौराहा टोलका दलित बस्तीका स्थानीयबासीहरु बताउछन् ।
पंसेरा गाविस वडा न. ७ की सिताराम चौधरीको घरमा समेत अझै चर्पी नभएको कारणले उहाँ अझै बाहिरै गएर दिसा पिसाव फेर्ने गरेको बताउँनु हुन्छ । घरको आर्थिक अवस्था एकदमै कमजोर रहेको तथा एक छाँक टार्नमा पनि निकै समस्या खेपिरहेको अवस्थामा कसरी चर्पी बनाउँन सकिन्छ, चौधरीकी श्रीमति बताउनुहुन्छ ।
लाखौ रकम खर्चेर गाविसलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गरेपनि त्यहाँका स्थानीयबासीहरुको बानी, व्यवहारमा अझै परिवर्तन हुन नसकेका कारणले यस्तो खुल्ला दिसा मुक्त गाविसको कुनै महत्व नरहेको सरोकारवालाहरुको कथन छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ