News Category 2073/03/10
राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिताको उपाधि पुलिस क्लबलाई
दैनिक समाचारदाता
राजविराज, ९ असार ।
राजविराजमा सम्पन्न दोश्रो मदन आश्रित राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
आज राजविराजस्थित राजदेवी क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा जनकपुरलाई ४९ रनले पराजित गर्दै पुलिसले उपाधी जितेको हो ।
उपाधीसँगै पुलिसले ट्रफी सहित रु. १ लाख नगद समेत हात पारेको छ भने उपविजेता जनकपुरले रु. ५० हजारमा चित्त बुझाउन बाध्य भयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ७८ रन बनाएको थियो । पुलिसका लागि प्रेम तामाङले ३०, योगेन्द्र कार्कीले २९, दिपेन्द्र ऐरीले २६, सिद्धान्त लोहनीले २३ तथा कुशल भुर्तेलले अविजित २० रन योगदान दिएका थिए ।
यता बलिङतर्फ जनकपुरका महबुब आलमले ३ विकेट लिएका थिए भने कप्तान राज मोहम्मद र संजोक कर्णले दुई दुई विकेट हात पारेका थिए ।
प्रतिउत्तरमा १ सय ७९ रनको लक्ष्य लिएर मैदानमा ओर्लेको जनकपुरले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा १ सय २९ रन मात्र बनाउन सफल भयो । जनकपुरका लागि सौरभ नागबंशीले अविजित ३५, गोपाल सिंहले अविजित २९ तथा इशान पाण्डेले २१ र अभिषेक झाले १९ रन बनाएका थिए । स्टार ब्याट्सम्यान महबुब आलमले ६ रनमै आउन भएका थिए ।
यता पुलिसका रामनरेश गिरीले ३ विकेट हात पारे भने दिपेन्द्र ऐरीले २ भने कुशल भुर्तेल र मन्जित श्रेष्ठले एक एक विकेट हात पारे । सो खेलको म्यान अफ द म्याच नेपाल पुलिस क्लबका दिपेन्द्र ऐरी घोषित भए ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी होराइजन क्रिकेट एकेडेमी बिराटनगरका पुष्प थापा, उत्कृष्ट ब्याट्सम्यान नेपाल पुलिस क्लबका शंकर राना तथा उत्कृष्ट बलर जनकपुर टिमका राज मोहम्मद घोषित भए ।
बिजेता तथा उपबिजेता टिमका खेलाडीलाई नेकपा एमालेका केन्द्रीय सदस्य सुमन राज प्याकुरेल, जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख लक्ष्मण मण्डल, नेकपा एमाले जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले ट्रफि, प्रमाणपत्र तथा नगद प्रदान गर्नु भयो ।
युवा संघ नेपाल नगर कमिटि राजविराजद्वारा आयोजित प्रतियोगितामा देशभरका ६ टोलिको सहभागी थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ