News Category 2073/03/10
मधेशका जिल्ला मोर्चामा आवद्ध दलको विर्ता होइन ः उपप्रम थापा
दैनिक समाचारदाता
काठमाडौं, ९ असार ।
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले मधेसका जिल्ला मधेसी मोर्चामा आवद्ध दलको मात्र विर्ता नभएको बताउनु भएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको विहीबार काठमाडौमा सुरु भएको तेस्रो महाधिवेशन उदघाटन कार्यक्रममा उहाँले सो कुरा बताउँदै आन्दोलनको बलमा माग पूरा गरेर देखाउन मोर्चालाई चुनौती समेत दिनुभयो ।
उहाँले हठ त्यागेर वार्तामा आउन र समस्या समाधानमा सहयोगी बन्न मोर्चाका नेताहरुलाई आह्वान गर्नुभयो ।
केही दलले आन्दोलन गरेको नाममा सरकारले आन्दोलन विरोधी जनताका भावनालाई उपेक्षा नगर्ने भन्दै उहाँले मोर्चाले राखेका माग संविधानको पहिलो संशोधनबाट पूरा भइसकेको दाबी गर्नुभयो ।
संविधानको विपक्षमा मत हालेर पनि आफ्नो पार्टीले संविधानको कार्यान्वयन गर्न इमान्दारपूर्वक सहयोग गरिरहेको भन्दै प्रमुख दलहरुलाई जनमत संग्रहमा जाने हिम्मत गर्न चुनौती पनि दिनुभयो । जनमत संग्रह भएको अवस्थामा आफ्नो पार्टीले उठाउँदै आएको हिन्दु राज्यको पक्षमा ८० प्रतिशत मत आउने उहाँले दाबी गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ