News Category 2070/05/28
माओवादीका केन्द्रीय सदस्य सुभाषसहित तीनजनाद्वारा पार्टी परित्यागको घोषणा
दैनिक संवाददाता
राजविराज, २७ भदौं ।
मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय सदस्य सुर्यनाथ यादव (सुभाष) सहित तीन जना नेताले सामुहिक रुपमा सो पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।
राजविराजमा बिहीबार पत्रकार सम्मेलन गरी नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा मधेशी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष सुर्यनाथ यादव (सुभाष), नेकपा–माओवादीको मिथिला राज्य समिति सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रिय सदस्य लक्ष्मी चौधरी र मिथिला राज्य समिति सदस्य तथा जिल्ला सहसेक्रेटरी उपेन्द्र नारायण साहले सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।
नेकपा–माओवादी परित्याग गरेका यादव र चौधरी दुवैजना श्रीमान् श्रमति हुन् भने चौधरी विघठित संविधानसभाको सदस्य समेत हुनुहुन्थ्यो ।
नेकपा–माओवादी मधेशको मुद्दाप्रति इमान्दार नभएको र पटक पटक पार्टी नेतृत्वलाई मधेशको मुद्दामा गम्भीर हुन आग्रह गर्दा समेत पार्टी नेतृत्व गम्भीर नभएकाले पार्टी परित्याग गरेको यादवले बताउनुभयो ।
नेकपा–माओवादी एकात्मक अधिनायकबादी सोच, खस ब्रहमानवादी मानसिकता र महेन्द्रीय राष्ट्रियबादको लाइनमा गएको आरोप लगाउँदै नेकपा–माओवादीबाट मधेश र मधेशीको मुक्ति सम्भव नदेखेपछि आफुहरु त्यो पार्टीबाट अलग भएको बताएका छन् ।
नेकपा–माओवादी परित्याग गरेका तीनै जनाले शहिदको सम्मान गर्दै मधेश मुक्तिको आन्दोलनमा निरन्तर लागि रहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
नेकपा–माओवादी परित्याग गरेका तीनै जना अहिले कुनै पार्टीमा प्रबेश नगरेपनि छिटै उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालमा प्रबेश गर्ने श्रोतले बताएको छ । यादव फोरम नेपालबाट सप्तरी क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ उम्मेदबारी दिने श्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ