News Category 2070/05/28
माओवादीका केन्द्रीय सदस्य सुभाषसहित तीनजनाद्वारा पार्टी परित्यागको घोषणा
दैनिक संवाददाता
राजविराज, २७ भदौं ।
मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय सदस्य सुर्यनाथ यादव (सुभाष) सहित तीन जना नेताले सामुहिक रुपमा सो पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।
राजविराजमा बिहीबार पत्रकार सम्मेलन गरी नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा मधेशी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष सुर्यनाथ यादव (सुभाष), नेकपा–माओवादीको मिथिला राज्य समिति सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रिय सदस्य लक्ष्मी चौधरी र मिथिला राज्य समिति सदस्य तथा जिल्ला सहसेक्रेटरी उपेन्द्र नारायण साहले सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।
नेकपा–माओवादी परित्याग गरेका यादव र चौधरी दुवैजना श्रीमान् श्रमति हुन् भने चौधरी विघठित संविधानसभाको सदस्य समेत हुनुहुन्थ्यो ।
नेकपा–माओवादी मधेशको मुद्दाप्रति इमान्दार नभएको र पटक पटक पार्टी नेतृत्वलाई मधेशको मुद्दामा गम्भीर हुन आग्रह गर्दा समेत पार्टी नेतृत्व गम्भीर नभएकाले पार्टी परित्याग गरेको यादवले बताउनुभयो ।
नेकपा–माओवादी एकात्मक अधिनायकबादी सोच, खस ब्रहमानवादी मानसिकता र महेन्द्रीय राष्ट्रियबादको लाइनमा गएको आरोप लगाउँदै नेकपा–माओवादीबाट मधेश र मधेशीको मुक्ति सम्भव नदेखेपछि आफुहरु त्यो पार्टीबाट अलग भएको बताएका छन् ।
नेकपा–माओवादी परित्याग गरेका तीनै जनाले शहिदको सम्मान गर्दै मधेश मुक्तिको आन्दोलनमा निरन्तर लागि रहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
नेकपा–माओवादी परित्याग गरेका तीनै जना अहिले कुनै पार्टीमा प्रबेश नगरेपनि छिटै उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालमा प्रबेश गर्ने श्रोतले बताएको छ । यादव फोरम नेपालबाट सप्तरी क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ उम्मेदबारी दिने श्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ