News Category 2073/03/12
बाढीका कारण सप्तरी जलमग्न, दुई सय बढी घर डुबान प्रहरी चौकी र विद्यालय समेत जलमग्न
राजविराज÷एक हप्ता बढीदेखी लगातार भईरहेको वर्षाले विभिन्न खोला–नदीमा आएको बाढीले सप्तरीका विभिन्न गाविसका करिब २ सय बढी घरहरु डुवानमा परेका छन ।
वर्षाकै कारण जिल्लाको सकरपुरा गाविस वडा नं. ६ स्थितमा खाँडो खोलामा आएको बाढीले करिब ४ विघा जग्गा कटान भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सकरपुरा गाविस वडा नं. ६ र ७ एक सय ३० भन्दा बढी घर समेतमा २ फिट पानी पस्दा शुक्रवार दिनभरि स्थानीयलाई समस्या भएको थियो ।
यता बाढीका कारण तिलाठी–हनुमाननगर सडक खण्डको करिब ३ सय मिटर बाटो समेत कटान भएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै सोही खोलाको बाढीले शनिवार दिनभरि रम्पुरा मल्हनियाँ ७ र ८ का झण्डै ५० घर डुबानमा परेको थियो ।
शनिवार अपरान्हदेखि वर्षा हुन छाडेपछि खाँडो खोलाको बहावमा कमी आएको थियो । बहावमा कमी आएपछि सुरक्षाकर्मी र स्थानीयले सरकरपुरास्थित भत्किएको बाँध निर्माण गरेपछि तत्काल समस्या टरेको हो ।
तर, वर्षा भएपछि पुनः गाउँमा बाढी पस्ने त्रास भने स्थानीयमा कायमै रहेको छ ।
त्यस्तै सप्तरीको सप्तकोशी नगरपालिकास्थित त्रियुगा नदीमा आएको बाढीले सो क्षेत्रका सयौ घर शुक्रवार र शनिवार डुबानमा परेको थियो ।
यस्तै बाढीको पानी सो नगरपालिकास्थित प्रहरी चौकी फत्तेपुरमा छिरेपछि प्रहरी चौकी समेत डुबानमा अझ छ ।
यसैगरि सोही नगरपालिकास्थित आधा दर्जन विद्यालय पनि डुबानमा परेका छन् । सप्तकोशी नगरपालिका वडा नं १, २, ३, ४ र ५ सहित अन्य वडामा पानी पसेर घरहरू डुबानमा परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । अहिले सो वडाका मानिसको घरमा पानी पसेपछि पक्का घर भएकाहरूको छतमा र फुसको घर भएकाहरूले बाँधमा बस्न बाध्य भएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।
साथै उक्त ठाउँको सडकमा पानी पानी भएपछि केही यातायातका साधन अवरुद्ध भएको बताइएको छ ।
यता सप्तरी सदरमुकाम राजविराज नगरपालिका ९ का बासिन्दाहरु वर्षाको पानी घरमा छिरेको भन्दै चक्काजाम गरेका छन् ।
शुक्रबार बिहानैदेखी उनीहरु राजविराज हनुमाननगर भारदह सडकखण्ड अबरुद्ध पारेपछि सो सडक भएर आवत जावत गर्ने कठिनाई भएको छ ।
यस्तै सप्तरी र सिरहाको बीचमा पर्ने बलान खेलमा आएको बाढीले त्यस आसपासका दर्जन घर डुबानमा परेका छन् ।
त्यसैगरी लगातारको बर्षाका कारणले जुडी नदीमा आएको बाढीले कविलासा गाविस वडा न. ५ का करिब एक दर्जन घर डुबानमा परेको छ ।
त्यस्तै अविरल वर्षासँगै आएको बाढीले सप्तरीको भारदह– १ मा हजारौँ बिघामा लगाइएको केराखती अहिले डुबानमा परेका छन् ।
पूर्वी पहाडी जिल्लामा लगातार परेको पानीले सप्तकोसी नदीमा पानी थुनिएपछि भारदहमा लगाइएको हजारौँ बिगाहाको केरा अहिले डुबानमा परेको हो ।
करोडौँको लागतमा स्थानीय किसानले लगाएको केरा लगातार परेको पानीले केराको खेतखेतमा पानी पसेको स्थानीय किसान अशोक माझीले बताउनुभयो ।
केराखेतमा पानी पसेपछि किसान अहिले चिन्तित देखिएका छन् । यस्तै लगातार परेको पानीले मोहली खोलामा आएको बाढीले भारदह– १ मा लगाइएको केरामा पनि शनिबार बिहानबाट केराको बोट काटेर बगाउन थालेको छ ।
यसैगरि शनिबार बिहानसम्ममा मात्र करिब दुई बिघाहाभन्दा बढी केरा मोहली खोलाले कटान गरेको बताइएको छ । अहिले पनि सो क्षेत्रमा केरा कटान हुने क्रममा जारी नै रहेको मण्डलले बताउनुभयो ।
यसैगरि सदरमुकाम राजविराज ९ स्थित तेतरीगाछी चोकदेखि दक्षिणतर्फको बस्ती जलमग्न भएको छ । घर भित्र पानी पसेपछि स्थानीयले खाना पकाउन समस्या भएको छ ।
यता नगरपालिकाले पानी निकासको उचित व्यवस्था नगरेको स्थानीयको गुनासो छ । यसैबीच खाडो खोलामा आएको बाढीले निर्माणाधीन पुल बगाएपछि बुधबारदेखी सदरमुकाम राजविराज कुनौली सडक ठप्प भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ