News Category 2073/03/12
व्यक्तिगत लाभका लागि सहकारी संस्थालाई काम नगर्न आग्रह
राजविराज÷अहिलेको परिवेशमा सहकारीकै माध्यमबाट देश र समाजको विकास हुने कुरामा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन ।
जनज्योति कृषि सहकारी संस्था लि.मलेठद्वारा शनिबार राजविराजमा आयोजित सहकारी सचेतना, शेयर विस्तार र आव २०७३÷०७४ को बार्षिक कार्य योजना सम्बन्धि एक दिने विचार गोष्ठिका सहभागिहरुले सो कुरामा जोड दिएका हुन ।
आयोजिक विचार गोष्ठीमा सहकारी डिभिजन कार्यालय लहानका प्रमुख राम प्रसाद सुवेदीले प्रशिक्षण दिँदै सहकारी संस्थाहरुले व्यक्तिगत लाभमा नपरी समूहगत लाभका लागि कार्य गर्नुपर्ने बताउनुभयो ।
उहाँले सहकारी संस्थाप्रति विगतमा नकारात्मक सोच भएपनि अहिले सहकारी संस्थाहरुले समूहगत कार्य गर्दै समाजप्रति सकारात्मक ढंगले कार्य गरिरहेकोले नकारात्मक सोचमा परिवर्तन आएको दाबी गर्नुभयो ।
सो गोष्ठीमा संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले चालु आर्थिक वर्षमा संस्थाले ३ करोड ४० लाख लगानी गरेको जानकारी दिँदै १ हजार १ सय शेयर सदस्यबाट ५१ लाख बढी चुक्ता शेयर पुँजी रहेको सार्वजनिक गर्नुभयो । सोही कार्यक्रममा दुई दर्जन बढीले संस्थाको शेयर सदस्यता लिएको जसबाट करिब ८ लाख रुँपैया जम्मा भएको छ ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षता तथा सहकारी डिभिजन कार्यालय लहानका प्रमुख राम प्रसाद सुवेदीको प्रमुख आतिथ्यमा आयोजित सो विचार गोष्ठिमा राष्ट्रिय सहकारी बैंक राजविराजका प्रमुख विप्लव कर्ण, बरिष्ठ पत्रकार एवं संस्थाका शेयर सदस्य अनिल कुमार अनल, ग्लोबल बहुमुखी सहकारी संस्थाका संस्थापक अध्यक्ष सुखराम यादव, राजनीतिकर्मी एवं समाजसेवी गजेन्द्र कुमार मण्डल सहितकाहरुले संस्थाको उन्नति प्रगतिको बारेमा चर्चा गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ