News Category 2073/03/13
गुरुदयालको अपहरण गर्ने मुख्य योजनाकार दुई वर्षपछि पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ असार ।
सिरहाको लहान नगरपालिका ७ का यातायात व्यवसायी गुरुदयाल महतोलाई सप्तरीबाट अपहरण गरी फिरौती माग्ने घटनाका मुख्य योजनाकारलाई शनिवार प्रहरीले पक्राउ गरेको छ ।
मुख्य योजनाकार लहान नगरपालिका–७ निवासी ३८ वर्षीय राजा भन्ने राजकुमार ठाकुरलाई प्रहरीले दुई वर्षपछि काठमाडौंको एक गेष्ट हाउसबाट पक्राउ गर्न सफल भएको हो ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा काठमाडौँको सुन्धारास्थित एक गेष्ट हाउसबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
यता पक्राउ परेका ठाकुरलाई सप्तरी जिल्ला अदालतमा आइतबार पेश गरि पुर्पक्षका लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि सो घटनामा संलग्न भारत घर भएका महेन्द्र महतो र राजबिराज ४ निवासी राम सुन्दरी जैन पुर्पक्षमा सोही कारागारमा रहेका छन् ।
पक्राउ परेका ठाकुरसहित चारजनाको समूहले गत २०७१ कात्तिक २९ गतेका दिन सिरहा नगरपालिका–७ का गुरुदयाल महतोले आफैँले चलाउने गरेको को १ च ६६४१ नंको टाटा सुमो गाडी रिजर्भ गरी इटहरीसम्म लिएर गएका र फर्कने बेलामा नक्कली बिरामी महिला चढाइ सिरहाको गोलबजार फर्कने क्रममा साँझ ८ः३० बजेतिर सप्तरीको पन्सेरा गाविस–७ स्थित खरचुइया पुलमा उक्त गाडी रोकेर महतोको साथमा भएको नगद रु ३७ हजार तथा मोबाइल फोन लुटपाट गरी उनलाई पेस्तोल देखाई अपहरण गरेको प्रहरीले जनाएको छ ।
सो समूहले विभिन्न नम्बरबाट महतोका आफन्त तथा परिवारलाई टेलिफोन गरी फिरौतीबापत रु ५० लाख दिन भनेका र रकम नदिएमा ज्यानसमेत मार्ने धम्की दिएका थिए ।
अपहरित महतोलाई प्रहरीले घटना भएको ३१ दिनपछि सकुशल उद्धार गरी घटनामा संलग्न अन्य तीनजनालाई तत्काल पक्राउ गरेको थियो । पक्राउ परेका तीनैजनाउपर जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता भई उनीहरु हाल सप्तरी कारागारमा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ