News Category 2073/03/13
गुरुदयालको अपहरण गर्ने मुख्य योजनाकार दुई वर्षपछि पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ असार ।
सिरहाको लहान नगरपालिका ७ का यातायात व्यवसायी गुरुदयाल महतोलाई सप्तरीबाट अपहरण गरी फिरौती माग्ने घटनाका मुख्य योजनाकारलाई शनिवार प्रहरीले पक्राउ गरेको छ ।
मुख्य योजनाकार लहान नगरपालिका–७ निवासी ३८ वर्षीय राजा भन्ने राजकुमार ठाकुरलाई प्रहरीले दुई वर्षपछि काठमाडौंको एक गेष्ट हाउसबाट पक्राउ गर्न सफल भएको हो ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा काठमाडौँको सुन्धारास्थित एक गेष्ट हाउसबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
यता पक्राउ परेका ठाकुरलाई सप्तरी जिल्ला अदालतमा आइतबार पेश गरि पुर्पक्षका लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि सो घटनामा संलग्न भारत घर भएका महेन्द्र महतो र राजबिराज ४ निवासी राम सुन्दरी जैन पुर्पक्षमा सोही कारागारमा रहेका छन् ।
पक्राउ परेका ठाकुरसहित चारजनाको समूहले गत २०७१ कात्तिक २९ गतेका दिन सिरहा नगरपालिका–७ का गुरुदयाल महतोले आफैँले चलाउने गरेको को १ च ६६४१ नंको टाटा सुमो गाडी रिजर्भ गरी इटहरीसम्म लिएर गएका र फर्कने बेलामा नक्कली बिरामी महिला चढाइ सिरहाको गोलबजार फर्कने क्रममा साँझ ८ः३० बजेतिर सप्तरीको पन्सेरा गाविस–७ स्थित खरचुइया पुलमा उक्त गाडी रोकेर महतोको साथमा भएको नगद रु ३७ हजार तथा मोबाइल फोन लुटपाट गरी उनलाई पेस्तोल देखाई अपहरण गरेको प्रहरीले जनाएको छ ।
सो समूहले विभिन्न नम्बरबाट महतोका आफन्त तथा परिवारलाई टेलिफोन गरी फिरौतीबापत रु ५० लाख दिन भनेका र रकम नदिएमा ज्यानसमेत मार्ने धम्की दिएका थिए ।
अपहरित महतोलाई प्रहरीले घटना भएको ३१ दिनपछि सकुशल उद्धार गरी घटनामा संलग्न अन्य तीनजनालाई तत्काल पक्राउ गरेको थियो । पक्राउ परेका तीनैजनाउपर जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता भई उनीहरु हाल सप्तरी कारागारमा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ