News Category 2073/03/13
सडक मर्मतका लागि वर्षेणी रकम छुट्याइन्छ तर, अवस्था त्यस्तै
दैनिक समाचारदाता
राजविराज, १२ असार ।
सप्तरीको भारदह पोर्ताहादेखी डाढा हुँदै पकरी गाविस सम्म जाने ग्रामिण सडकखण्ड मर्मत सम्भारको माग गर्दै आइतबार गठित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन बुझाएको छ ।
भारदह–पोर्ताहा, डाढा–पकरी सडक निर्माण संघर्ष समितिका संयोजक जय सुन्दर खिरहरी यादवले सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमलाई सो ज्ञापन बुझाउनु भएको हो ।
सो सडकखण्ड हुँदै १५ गाविसका जनताहरु आवत जावत गरिरहँदा समेत वर्षौदेखी जिर्ण सडकको मर्मत सम्भारको कार्य ठीक ढंगले नहुँदा ती क्षेत्रका जनताहरुलाई निकै समस्या पर्दै आइरहेको ज्ञापनमा जनाइएको छ ।
यस्तै सो सडक खण्डका लागि प्रति वर्ष जिल्ला विकास समिति सप्तरीबाट केही न केही रकम मर्मत सम्भारका लागि छुट्याइए पनि ती रकमको कुनै लेखाजोखा नरहेको तथा सडकको अवस्था ज्यूकोत्यु रहेको जनाइएको छ । ज्ञापनमा सडकका लागि छुट्याइएको रकम बारे सूचना बोर्ड समेत नराखिनाले रकमको दुरुपयोग हुने गरेको जनाइएको छ ।
यस्तै ज्ञापनमा सडक मर्मतका लागि चालु आर्थिक वर्ष २०७२÷७३ मा के कति रकम कुन प्रयोजनका लागि छुट्याइएको भनी जानकारी समेत माग गरिएको छ । साथै ती क्षेत्रमा जिल्लाको एक तिहाई जनताले प्रत्यक्ष रुपमा सरोकार राखेका हुनाले उक्त सडक खण्ड पक्की सडकको रुपमा निर्माण कार्य गराउन आवश्यक पहल गर्न माग गरिएको छ ।
मागहरुलाई वेवास्ता गर्ने प्रयास गरिए तथा सडक सम्बन्धमा कुनै प्रकारको आलटाल भएमा बाध्य भई आन्दोलनमा उत्रनु पर्ने समेत चेतावनी दिइएको छ ।
यस्तै सो सडक मर्मत सम्भारका लागि एघार सदस्यीय सडक निर्माण संघर्ष समिति समेत गठन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ