News Category 2073/03/15
नयाँ शक्तिका सहसंयोजकसहित प्रदेश संयोजक तोकियो
दैनिक समाचारदाता
काठमाडौं, १४ असार ।
नयाँ शक्ति नेपालले ३ सहसंयोजक र ७ प्रदेश संयोजकहरु मंगलबार चयन गरेको छ ।
चार दिनसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोबलाई सहसंयोजक बनाएको हो ।
झा मधेसी कोटाबाट, कर्मोचा आदिवासी जनजातिबाट र सोब महिला एवम् दलितबाट सहसंयोजक बनेका नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।
झाले एमाओवादी परित्याग गरेर र ओखलढुंगा निवासी कोमर्चा नेपाली कांग्रेस परित्याग गरेर नयाँ शक्तिमा लागेका थिए । सोब दलित महिला संघमा थिइन् ।
नयाँ शक्तिले सात प्रदेशमा सात संयोजकहरु पनि तोकेको छ । एक नम्बर प्रदेशमा पासाङ शेर्पा, दुईमा महेन्द्र पासवान, तीनमा गंगा श्रेष्ठ र चार नम्बर प्रदेशमा बलावती शर्मालाई संयोजक बनाइएको छ भने पाँच नम्बर प्रदेशमा सुरेन्द्र चौधरी, ६ नम्बरमा भक्तबहादुर शाह र सात नम्बर प्रदेशमा लीला भण्डारीलाई संयोजक बनाइएको छ ।
राजनीतिक समिति संयोजकमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई छन् भने सहसंयोजक रामचन्द्र झा र महेश कोर्मोचा छन् ।
संगठन विभाग संयोजक देवेन्द्र पौडेल, अन्तर्राष्ट्रिय विभाग संयोजक बाबुराम पत्नी हिसिला यमी, साँस्कृतिक विभाग संयोजक नायिका करिश्मा मानन्धर र पर्यटन विभाग संयोजक अशोक शर्मा छन् ।
यसैगरी आर्थिक व्यवस्थापन तथा सुशासन विभाग संयोजकमा रामेश्वर खनाल चयन भएका छन् । संसदीय मामिला विभागमा केशव दाहाल, प्रशिक्षण विभागमा डम्बर खतिवडा, नीति अध्ययन तथा अनुसन्धान विभागमा डा. केशवमान शाक्य छन् ।
राष्ट्रिय मामिला संयन्त्रमा परशुराम तामाङ, अनुशासन आयोगमा परशुराम खापुङ र राजनीतिक संवाद समितिमा मुमाराम खनाल छन् ।
सचिवालय व्यवस्थापन तथा अनुगमन विभागको संयोजकमा वामदेव क्षेत्री र सहसंयोजकमा सविना अर्याल छिन् । प्रवक्ता खिमलाल देवकोटालाई सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग संयोजक बनाइएको छ ।
शहीद तथा वेपत्ता परिवार, घाइतेरअपांग एवं द्वन्द्व प्रभावित परिवार व्यवस्थापन विभाग संयोजक ध्रुव पराजुली, संघीय मामिला तथा स्थानीय विकास विभाग संयोजकमा रामकुमार शर्मा, सुरक्षा विभाग संयोजकमा गणेश राई, महिला बिभाग संयोजकमा कल्पना धमला, युवा विभाग संयोजकमा देवेन्द्र पराजुली र खेलकुद विभाग संयोजकमा नारायणराज पाण्डे चुनिएका छन् ।
शिक्षा तथा विज्ञान प्रविधि विभाग संयोजकमा डा. राजेन्द्र केसी, स्वास्थ्य तथा योग साधना विभाग संयोजकमा डा. प्रवीण मिश्र, जलस्रोत, उर्जा तथा भौतिक पूर्वाधार विभाग संयोजकमा हरिराम कोइराला, कानुन तथा मानवअधिकार विभाग संयोजकमा मुक्ति प्रधान, गैरसरकारी संघसंस्था संयोजन विभाग संयोजकमा दुर्गा सोव र सहसंयोजक लिली थापा छन् ।
दलित, अल्पसंख्यक तथा समाजकल्याण विभागको जिम्मा सुशीला सिर्पाइलीलाई र सदाचार आयोगको जिम्मा नाथुप्रसाद चौधरीलाई दिइएको नयाँ शक्ति नेपालले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ