News Category 2073/03/19
१९ जनाले मृगौला दान गर्ने मञ्जुरी दिए
राजविराज÷राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य मृगौला शिविरको अवसरमा पत्रकार, प्रहरी, स्वास्थ्यकर्मीसहित १९ जनाले मृगौला दान गर्ने मञ्जुरी दिएका छन् ।
यसरी मन्जुरी दिनेमा पत्रकार मनोहर कुमार पोखरेल, उपेन्द्र नारायण मेहता, हेल्थ असिस्टेन्ट रामकुमार दियाली, जिल्ला प्रहरी कार्यालयका हेमबहादुर लिङ्गदेन मोती बहादुर खडका र रन्जना भुजेल, एमाले नेता मन्जु साह, रामखेलावन साह, बुचीदेबी झा, चन्द्रभुषण बर्मा, रामपुकार महतो, बसन्त यादव, रबीन्द्र कुमार साह, रामकुमार साह, राजेन्द्र साह, बिशाल मिश्र, रुपेश पासवान, किरण चौधरी र जयकिसुसन साह रहेका छन् । मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध) ऐन, २०५५ मा अंग दान गर्न सकिने व्यवस्था छ ।
यस्तै सो शिविरमा मृगौला परीक्षण गराउने तीन सय ६० जनामध्ये सात जनाको मृगौला कामै नलाग्ने फेला परेको डा. कल्पना श्रेष्ठले बताइन् । सप्तरीमा सात जनामा मृगौला रोग र ३५ प्रतिशतमा पत्थरी देखा परेको छ ।
सांसद रन्जु झाको संसदीय विकास कोषबाट बिहान १० बजेदेखी पाँच बजेसम्म निशुल्क शिविर सञ्चालन भएको थियो । मृगौला रोगको शीघ्र पहिचान तथा समयमै त्यसको निदान नै मृगौला स्वस्थ्य राख्ने मन्त्रालय मन्त्र भएकोले शिविरको आयोजना गरिएको सांसद रन्जु झाले बताइन् । सांसद झाले बर्तमान सरकारले निश७३घढसल्क मृगौलाको डाइलाईसीस सेवा सुरु गरेको जानकारी दिदै अञ्चल अस्पताल राजविराजबाट पनि मृगौलाको डाइलाईसीस सेवा सञ्चालन गर्न पहल गर्ने बताइन् ।
शिविरमा डा. लक्ष्मण सिंह, डा. प्रविण झा, डा. रबीन श्रेष्ठ, प्रत्यारोपण कोर्डिनेटर दिपिका उपाध्याय, फार्मासिस्ट अनिल श्रेष्ठ, फिजियोथेरापिस्ट गौरव पन्थ, ल्याब टेकिनसियन बालकृष्ण अवालसहित १५ जनाको टोलीले मृगौला सम्बन्धी सबै चेकजाँच गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/32 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/03/32 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/03/32 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ