News Category 2073/03/20
एच.ए.–अहेव घरमा, अनमी स्वास्थ्य चौकी धान्दै ! औषधी अभाव हुँदा पनि जनस्वास्थ्य बेखबर, समस्यामा सेवाग्राही
दैनिक समाचारदाता
राजविराज, १९ असार ।
राज्यले आफ्ना नागरिकको स्वास्थ्य उपचार गर्न हरेक गाउँमा स्वास्थ्य तथा उपस्वास्थ्य चौकीहरु सञ्चालनमा ल्याएको छ । तर, ती स्वास्थ्य चौकीहरुमा कार्यरत एच.ए.(हेल्थ असिस्टेन्ट), सिनियर अहेव तथा अहेवहरु नियमित आफ्ना काम नगई सिकारुकै भरमा स्वास्थ्य चौकी छाड्ने काम बढेको छ ।
यद्यपी निगरानी तथा कारबाही गर्ने निकायको रुपमा जिल्ला जनस्वास्थ्य कार्यालय भने बेखबर झंै बसेका छन् ।
आईतवार दिनको १२ बज्दैथियो । तर, औरहीस्थित स्वास्थ्य चौकीमा भने बिरामीलाई उपचार गर्ने स्वास्थ्यकर्मी थिएन् । जबकी उक्त स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट, सि.अहेब, अहेब, अनमी र कार्यलय सहयोगी गरि पाँच जनाको दरबन्दी छ ।
स्वास्थ्य चौकीका सिनियर अहेव जयकृष्ण यादवको गएको १ असारबाट अवकाश भएपछि उनको ठाउँमा अर्कोलाई खटाईपनि कार्यस्थलमा हाजिर भएका छैनन् ।
यसबाहेक हेल्थ असिस्टेन्ट ललितनारायण राय र अहेब लोचन यादवसमेत आईतवार दिउँसो स्वास्थ्य चौकीमा नहुँदा अनमि रुन्ती साहलाई एक्लै बिरामी हेर्नुपरेको थियो । तर, एच.ए. र अहेवबाट हुने उपचार अनमीबाटै हुन थालेपछि स्वास्थ्य उपचारसमेत शंका उब्जिएको छ ।
दिनहुँ बिहान ११ बजेपछि संचालनमा आउने उक्त स्वास्थ्य चौकीमा सधंै एक देखि दुई जना कर्मचारीकै भरमा संचालन भईरहेको स्थानीय सेवाग्राहीहरुको कथन छ । औषधि अभावमा उक्त स्वास्थ्य चौकीमा दिनहुँ २० देखि २५ जना सम्म सेवाग्राहीहरु आएपनि बिना औषधि उपचारकै घर फर्किन बाध्य भएका थिए ।
यता सो सम्बन्धमा स्वास्थ्य चौकीका अनमि रुन्ती साहसँग सो विषयमा जिज्ञासा राख्दा उहाँले सि.अहेवको अवकाश प्राप्त भएपछि अर्को अहेव अहिलेसम्म हाजिर भएको छैन भने अर्को अहेव र एचए काम विशेषले बाहिर रहेको बताईन ।
स्वास्थ्य क्षेत्रलाई संवेदनशिल मानिएपनि सप्तरीका ग्रामिण भेगका स्वास्थ्य संस्थाहरुको यस्तै अवस्था रहेको छ । कतिपय अहेवहरु आर्थिक लोभमा परेर विभिन्न असारे कार्यक्रमको प्रशिक्षक बनेर दोहरो सुविधा कुम्ल्याउन लागिपरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ