News Category 2073/03/20
एच.ए.–अहेव घरमा, अनमी स्वास्थ्य चौकी धान्दै ! औषधी अभाव हुँदा पनि जनस्वास्थ्य बेखबर, समस्यामा सेवाग्राही
दैनिक समाचारदाता
राजविराज, १९ असार ।
राज्यले आफ्ना नागरिकको स्वास्थ्य उपचार गर्न हरेक गाउँमा स्वास्थ्य तथा उपस्वास्थ्य चौकीहरु सञ्चालनमा ल्याएको छ । तर, ती स्वास्थ्य चौकीहरुमा कार्यरत एच.ए.(हेल्थ असिस्टेन्ट), सिनियर अहेव तथा अहेवहरु नियमित आफ्ना काम नगई सिकारुकै भरमा स्वास्थ्य चौकी छाड्ने काम बढेको छ ।
यद्यपी निगरानी तथा कारबाही गर्ने निकायको रुपमा जिल्ला जनस्वास्थ्य कार्यालय भने बेखबर झंै बसेका छन् ।
आईतवार दिनको १२ बज्दैथियो । तर, औरहीस्थित स्वास्थ्य चौकीमा भने बिरामीलाई उपचार गर्ने स्वास्थ्यकर्मी थिएन् । जबकी उक्त स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट, सि.अहेब, अहेब, अनमी र कार्यलय सहयोगी गरि पाँच जनाको दरबन्दी छ ।
स्वास्थ्य चौकीका सिनियर अहेव जयकृष्ण यादवको गएको १ असारबाट अवकाश भएपछि उनको ठाउँमा अर्कोलाई खटाईपनि कार्यस्थलमा हाजिर भएका छैनन् ।
यसबाहेक हेल्थ असिस्टेन्ट ललितनारायण राय र अहेब लोचन यादवसमेत आईतवार दिउँसो स्वास्थ्य चौकीमा नहुँदा अनमि रुन्ती साहलाई एक्लै बिरामी हेर्नुपरेको थियो । तर, एच.ए. र अहेवबाट हुने उपचार अनमीबाटै हुन थालेपछि स्वास्थ्य उपचारसमेत शंका उब्जिएको छ ।
दिनहुँ बिहान ११ बजेपछि संचालनमा आउने उक्त स्वास्थ्य चौकीमा सधंै एक देखि दुई जना कर्मचारीकै भरमा संचालन भईरहेको स्थानीय सेवाग्राहीहरुको कथन छ । औषधि अभावमा उक्त स्वास्थ्य चौकीमा दिनहुँ २० देखि २५ जना सम्म सेवाग्राहीहरु आएपनि बिना औषधि उपचारकै घर फर्किन बाध्य भएका थिए ।
यता सो सम्बन्धमा स्वास्थ्य चौकीका अनमि रुन्ती साहसँग सो विषयमा जिज्ञासा राख्दा उहाँले सि.अहेवको अवकाश प्राप्त भएपछि अर्को अहेव अहिलेसम्म हाजिर भएको छैन भने अर्को अहेव र एचए काम विशेषले बाहिर रहेको बताईन ।
स्वास्थ्य क्षेत्रलाई संवेदनशिल मानिएपनि सप्तरीका ग्रामिण भेगका स्वास्थ्य संस्थाहरुको यस्तै अवस्था रहेको छ । कतिपय अहेवहरु आर्थिक लोभमा परेर विभिन्न असारे कार्यक्रमको प्रशिक्षक बनेर दोहरो सुविधा कुम्ल्याउन लागिपरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ