News Category 2073/03/23
पूर्व सभासद् हकको हत्यामा संलग्न श्रीमती, छोरीसहित तीन जनालाई जन्मकैद
दैनिक समाचारदाता
राजविराज, २२ असार ।
सप्तरी जिल्ला अदालतले विघटित पहिलो संविधानसभाका सप्तरी क्षेत्र नं. ५ बाट निर्वाचित सभासद् सदरुल मियाँ हकको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ भने उक्त घटनामा संलग्न अन्य दुई जना फरार रहेका छन् ।
हत्या भएको तीन वर्षपछि जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलाशले हककी श्रीमती ५२ वर्षीया नुरजहाँ खातुन र छोरी २१ वर्षीया रुबेदा खातुनलाई जन्मकैदको फैसला गरेको छ ।
यस्तै हत्यामा संलग्न मुख्य आरोपी लहान नगरपालिका ५ निवासी ४० वर्षीय अब्दुल रउफलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको श्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि सप्तरी जिल्ला अदालतका तत्कालिन जिल्ला न्यायाधीश किरण शिवाकोटीको एकल इजलासले हककी पत्नी नुरजहाँ, छोरी रुबेदा र लहानका अब्दुल रउफलाई पूर्पक्षका लागि राजविराज कारागार चलान गरिएको थियो ।
२०७० साल जेठ ६ गते राती पूर्व सभासद मियाँको जिल्लाको कल्याणपुर गाविस २ विषणपुरस्थित उनको आफ्नै पेट्रोलपम्पको माथिल्लो तल्लामा सुतिरहेको अवस्था धारिलो हतियार प्रयोग गरी विभत्स तरिकाले हत्या गरिएको थियो ।
हत्याको १८ दिनपछि २०७० साल जेठ २४ गते केन्द्रिय अनुसन्धान व्यूरो (सिबिआई) ले पूर्व सभासद् मियाँको हत्या उनकै श्रीमति र छोरी मिलेर गराएको तथ्य सार्वजनिक गरेको थियो ।
सिबिआईले हत्याको योजना बनाउने आमाछोरी र हत्यामा संलग्नमध्येका अब्दुललाई सार्वजनिक समेत गरेको थियो । तर, हत्यामा संलग्न भएका मध्ये सिरहाको चतुरी २ का ऐनुल शेख र लहानका जमिरुल शेख अझै फरार रहेका छन् ।
सिआइबीका तत्कालिन डिएसपी दिनेश आचार्यले पत्रकार सम्मेलनमा पारिवारिक कलह र छोरीको प्रेम प्रसङलाई नै घटनाको मुख्य जडो सहितको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । तर, पछिल्लो समयमा खुलेका केही तथ्यहरुसँग घटना घटाउन केही विदेशी नागरिकको समेत संलग्नता रहेको आफन्तजनहरुको भनाई छ ।
जाली नोटका कारोवारी बंगलादेश नागरिक सुव्रोत बेन र जाली नोटकै कारोबारीमा संलग्न रहेका एनुल शेखबीच मित्रता रहेको श्रोतको भनाई छ । सदरुल र सुव्रोतबीच पनि चिनजान रहेको र उहाँको हत्यामा एनुलको सक्रियता पुष्टि भइसकेकाले घटनामा विदेशी नागरिकको सक्रियता रहेको अनुमान गर्न सकिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ