News Category 2073/03/24
मधेशी मोर्चाद्वारा ईदको शुभकामनासहित छैठो दिन पनि अनसनलाई निरन्तरता
दैनिक समाचारदाता
राजविराज, २३ असार ।
मुस्लिमहरुको महाव पर्व ईद उल फित्रको अवसरमा सम्पुर्ण मुस्लिम समुदायमा मधेशी मोर्चा सप्तरीले शुभकामना ब्यक्त गरेको छ ।
मोर्चाका जिल्ला संयोजक नरेन्द्र प्रसाद यादवद्वारा बिहिबार जारी विज्ञप्तीमा सो पर्वको अवसरमा सम्पुर्ण मुस्लिम समुदायहरुलाई शुभकामना ब्यक्त गरेको हो ।
त्यस्तै विज्ञप्तिमा रिले अनसनको छैठो दिन पनि संघिय गठबन्धनको आह्वानमा मधेशी मोर्चा सप्तरीले राजविराजस्थित सहीद दशन चौकमा बिहिबार निरन्तरता दिएको जनाएको छ ।
छैठो दिनको रिले अनसनमा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य नेत्र विक्रम साह, तराई मधेश सदभावना पार्टीका रमानन्द ठाकुर, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला कोषाध्यक्ष मनोज मेहता, संघिय समाजवादी फोरम नेपालका क्षेत्रिय अध्यक्ष नवनित झा, सदभावना पार्टीका पंचदेव यादव, तराई मधेश सदभावना पार्टीका चन्देश्वर यादव, नेपाल सदभावना पार्टीका कन्जी लाल मण्डल सहितकाहरुको सहभागिता रहेको मधेशी मोर्चा सप्तरीले जनाएको छ ।
मधेशलगायत आदिवासी, जनजाती एवम् शोषित उत्पीडित जनताको व्यापक सहभागितामा जारी राजधानी केन्द्रित शान्तिपूर्ण आन्दोलनलाई राज्यपक्षले बेवास्ता गरेपछि जिल्लाहरु समेत आन्दोलित भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ