News Category 2073/03/25
साउन र भदौंमा प्रचारात्मक आन्दोलन गर्ने गठबन्धनको तयारी
दैनिक समाचारदाता
काठमाडौं, २४ असार ।
संघीय गठवन्धनले साउन र भदौमा प्रचारात्मक आन्दोलन गर्ने तयारी गरेको छ ।
मधेसी मोर्चा र जनजाति सम्वद्ध दलहरु मिलेर बनेको गठवन्धनले अहिले खुलामञ्चमा १२ घन्टे रिले अनशन गरिरहेको छ ।
संघीय गठवन्धनको शुक्रबार बसेको सचिवालय बैठकमा भावी कार्यक्रमको खाकाबारे छलफल गरेको छ ।
पूर्वनिर्धारित तालिकाअनुसार खुलामञ्चमा भइरहेको अनसन भने असार महिनाको अन्त्यसँगै सकिने छ । ३० र ३१ गते अनसनमा व्यापक जनप्रदर्शन गर्ने सचिवालयको निर्णय छ ।
गठबन्धनका एक नेताका अनुसार साउन १५ सम्म खुलामञ्चमा जारी रिले अनसन लम्ब्याउने प्रस्ताव आएको छ । विकल्पका रुपमा जिल्ला सदरमुकामहरुमा रिले अनसन बस्ने प्रस्ताव पनि आएको छ ।
सचिवालयले तयार पारेको दुबै प्रस्तावबारे मधेसी मोर्चाको २७ गते बस्ने बैठकमा छलफल हुनेछ । गठवन्धनले दुई महिना प्रचारात्मक आन्दोलन गर्ने र असोजबाट निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ