News Category 2073/03/26
गरिव एवं जेहन्दार विद्यार्थीलाई साइकल प्रदान
राजविराज÷सप्तरीको क्षेत्र न. २ का सांसद रमणी देवी रामले शनिबार त्यस क्षेत्रका २६ जना दलित, गरीब तथा जेहेन्दार छात्रछात्राहरुलाई साईकल र स्कुल ब्याग वितरण गरेकी छिन् ।
विपि उच्च मावि भारदहको विद्यालय प्राङ्गणमा आयोजित एक समारोहबिच त्यस क्षेत्रका विभिन्न १० वटा विद्यालयका २६ जना दलित एवं जेहेन्दार छात्रछात्राहरुलाई सो सामग्री वितरण गरिएको हो ।
साईकल पाएपछि उमावि वभनगामाकटीको कक्षा ९ मा अध्ययनरत छात्र गोपाल कुमार मण्डलले खुशि ब्यक्त गर्दै आफुहरुको गुणस्तरीय शिक्षा पाउनुका लागि सजिलो भएको बताउनुभयो । त्यस्तै साईकल पाएपछि अर्का छात्रा विपी उच्च मावि भारदहकी प्रमिला कुमारी रामले आफु जस्तो गरीब तथा असहायक विद्यार्थीलाई साईकल प्रदान गरेकोमा खुशियाली ब्यक्त गर्दै उहाँले यसबाट आफुहरुको भविष्यमा अगाडी बढने कार्यमा प्रोत्साहन भएको बताउनुभयो ।
जिविस सप्तरी र संसदीय विकास कोषको सहयोगमा साईकल वितरण उपभोक्ता समिति भारदहका अध्यक्ष कुन्दन कापैरको अध्यक्षता तथा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य एवं समाजसेवी देब नारायण मुखियाको प्रमुख आतिथ्यमा आयोजित सो साईकल वितरण समारोहमा मन्त्रीका स्विकिय सचिव भोला राम, विपी मावि भारदहका प्रअ प्रकाश गुप्ता, उच्च मावि जण्डौलका प्रअ अखिलेश झा, ईलाका प्रहरी कार्यालय भारदहका इन्चार्ज भिम बहादुर बढेर्वा, फोरम लोकतान्त्रिकका नेताद्वय हरेराम यादव गुगली, हुलसित कुमार यादव सहितका बक्ताहरुले राज्यद्वारा नै दलितमाथि अपहेलना र शोषण गर्दै आएकोले संघर्षबाटै दलित समुदायको उत्थन हुन सकिने विश्वास ब्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ