News Category 2073/03/27
स्ववियु निर्वाचन फागुन १४ गते
दैनिक समाचारदाता
राजविराज, २६ असार ।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मिति आगामी फागुन १४ गतेका लागि तोकेको छ ।
आइतबार बसेको त्रिवि सभाको बैठकले आगामी फागुन १४ गते स्ववियु चुनाव गराउने निर्णय गरेको हो । स्ववियु चुनाव २०६५ साल यता भएको छैन ।
क्याम्पसहरु विगत आठ वर्षदेखि स्ववियुविहीन हुँदा विद्यार्थीहरु हकहितबाट बञ्चित भएको भन्दै विद्यार्थी संघ संगठनहरुले त्रिभुवन विश्वविद्यालयलाई छिटो चुनाव गराउन दबाव दिँदै आएका थिए ।
त्रिवि सभाको बैठकमा विद्यार्थी नेताहरुलाई पनि बोलाइएको थियो । स्ववियु चुनावमा उमेर विवाद मिलाउन शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा एक समिति पनि गठन गरिएको छ । समितिमा गंगाबहादुर थापा र भिसीले तोकेको एक व्यक्ति सदस्य छन् ।
समितिमा नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका अध्यक्षहरूलाई पनि राख्ने छलफल चले पनि सहमति भइनसकेको अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले जानकारी दिनुभयो ।
समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय अवधि दिइएको छ । स्ववियु चुनावमा २८ वर्षभन्दा माथिका व्यक्तिहरुलाई भाग लिन नदिन अनेरास्ववियु र अखिल क्रान्तिकारी सहमत भए पनि नेविसंघले विरोध जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ