News Category 2070/05/30
तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ ः अध्यक्ष यादव
राजविराज÷मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तोकिएकै मितिमा संविधानसभाको निर्वाचन हुनुपर्नेमा जोड दिनु भएको छ ।
राजविराजमा शनिबार आयोजित बृहत कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आफुहरु विभिन्न मागहरु छोडेर संविधानसभा निर्वाचनमा सहभागि भयौं तर नेकपा–माओवादीकै कारण निर्वाचनको मिति परिवर्तन गरियो भने देशमा ठूलो संकट आउन सक्ने चेतावनी समेत दिनुभयो ।
नेकपा–माओवादीले पोखरा बैठकबाट निर्वाचन बहिष्कार र जनबिद्रोह गर्ने निर्णय गरिसकेको अवस्थामा उनीहरुकै कारण निर्वाचन निर्धारित मितिबाट परिवर्तन भयो भने संविधान बन्ने नबन्ने कसले ग्यारेन्टी लिने प्रश्न गर्नुभयो ।
निर्वाचनको मिति सार्ने बहानामा मुलुकमा संविधानसभा निर्वाचन विथोल्ने प्रयास भइरहेको बताउँदै अध्यक्ष यादवले निर्धारित मितिमा निर्वाचन नभए संविधान नबन्ने समेत ठोकुवा गर्नुभयो ।
संविधानसभाबाटै संविधान बनाउने सबै दलले उद्घोष गरिसकेको अवस्थामा निर्वाचन भाड्ने खेल पुनः सुरु भइसकेको उहाँले अवगत गराउनुभयो । संविधान निर्माणबाटै मधेशीहरुले आफ्नो हकअधिकार सुनिश्चित गर्न सक्ने भएकोले निर्वाचन सार्ने खेलको बिरोधका लागि सम्पूर्ण मधेशीहरुलाई एकजुट हुनुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा बैद्य नेतृत्वको नेकपा–माओवादी पार्टी परित्याग गरेर फोरम नेपालमा प्रवेश गर्नुभएका केन्द्रिय सदस्य सूर्यनाथ यादव “सुभाष” र उहाँकी श्रीमती पूर्वसभासद् लक्ष्मी चौधरी लगायत आधा दर्जन व्यक्तिलाई अध्यक्ष यादवलाई फुलमाला लगाई स्वागत गर्नुभयो ।
सोही कार्यक्रममा अन्य पार्टीहरुबाट पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका सर्यौ नेता तथा कार्यकर्ताहरुलाई अध्यक्ष यादवले फुलमाला लगाई स्वागत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ