News Category 2070/05/30
तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ ः अध्यक्ष यादव
राजविराज÷मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तोकिएकै मितिमा संविधानसभाको निर्वाचन हुनुपर्नेमा जोड दिनु भएको छ ।
राजविराजमा शनिबार आयोजित बृहत कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आफुहरु विभिन्न मागहरु छोडेर संविधानसभा निर्वाचनमा सहभागि भयौं तर नेकपा–माओवादीकै कारण निर्वाचनको मिति परिवर्तन गरियो भने देशमा ठूलो संकट आउन सक्ने चेतावनी समेत दिनुभयो ।
नेकपा–माओवादीले पोखरा बैठकबाट निर्वाचन बहिष्कार र जनबिद्रोह गर्ने निर्णय गरिसकेको अवस्थामा उनीहरुकै कारण निर्वाचन निर्धारित मितिबाट परिवर्तन भयो भने संविधान बन्ने नबन्ने कसले ग्यारेन्टी लिने प्रश्न गर्नुभयो ।
निर्वाचनको मिति सार्ने बहानामा मुलुकमा संविधानसभा निर्वाचन विथोल्ने प्रयास भइरहेको बताउँदै अध्यक्ष यादवले निर्धारित मितिमा निर्वाचन नभए संविधान नबन्ने समेत ठोकुवा गर्नुभयो ।
संविधानसभाबाटै संविधान बनाउने सबै दलले उद्घोष गरिसकेको अवस्थामा निर्वाचन भाड्ने खेल पुनः सुरु भइसकेको उहाँले अवगत गराउनुभयो । संविधान निर्माणबाटै मधेशीहरुले आफ्नो हकअधिकार सुनिश्चित गर्न सक्ने भएकोले निर्वाचन सार्ने खेलको बिरोधका लागि सम्पूर्ण मधेशीहरुलाई एकजुट हुनुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा बैद्य नेतृत्वको नेकपा–माओवादी पार्टी परित्याग गरेर फोरम नेपालमा प्रवेश गर्नुभएका केन्द्रिय सदस्य सूर्यनाथ यादव “सुभाष” र उहाँकी श्रीमती पूर्वसभासद् लक्ष्मी चौधरी लगायत आधा दर्जन व्यक्तिलाई अध्यक्ष यादवलाई फुलमाला लगाई स्वागत गर्नुभयो ।
सोही कार्यक्रममा अन्य पार्टीहरुबाट पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका सर्यौ नेता तथा कार्यकर्ताहरुलाई अध्यक्ष यादवले फुलमाला लगाई स्वागत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
- 2082/01/18 पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
- 2082/01/18 तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
- 2082/01/18 जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ