News Category 2073/03/29
सरकारबाट माओवादीको समर्थन फिर्ता
दैनिक समाचारदाता
राजविराज, २८ असार ।
वर्तमान सरकारबाट नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ । यससँगै ओली सरकार संकटमा परेको छ ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने राजीनामा नदिनुहुने भएको छ ।
प्रधानमत्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले संसदले प्रधानमन्त्री निर्वाचित गरेको हो, र संसदले नै हटाउन सक्छ, प्रधानमन्त्रीले राजीनामा नदिने बताउनुभयो ।
यता माओवदी केन्द्रका संसदीय दलका सचेतक हितराज पाण्डे र जनार्दन शर्माले प्रधानमन्त्री ओलीलाई समर्थन फिर्ता लिएको पत्र बुझाउनु भएको छ ।
पत्रमा प्रचण्डले पठाएको पत्रमा नौं बुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन नभएको आरोप लगाइएको छ । ‘अब यो सरकारमा रहिरहन राजनीतिक रुपमा उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृवको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं’ पत्रमा भनिएको छ । पत्र बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनका लागि शुभकामना दिनु भएको छ ।
माओवादी केन्द्रका नेताद्वय पाण्डे र शर्माले सरकारलाई दिएको समर्थन फिर्ता लिएको विषय राष्ट्रपति विद्या भण्डारीलाई पनि जानकारी गराउनु भएको छ ।
यस्तै महासचिव कृष्णबहादुर महाराले सभामुख ओनसरी घर्ती मगरलाई जानकारी गराउनु भयो ।
यसैबीच नेता कृष्णबहादुर महराले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठनको लागि कांग्रेसले सहमति जनाइसकेको दाबी गर्नुभएको छ ।
केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय जानकारी गराउन माओवादी केन्द्र संसदीय दल सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महराले यस्तो दाबी गर्नुभएको हो ।
‘संविधान कार्यान्वयनको लागि पहिलो चरणमा माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ’, महराले भन्नुभयो,‘दोस्रो चरणमा कांग्रेसले नेतृत्व गर्नेछ ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ