News Category 2073/03/30
एलडिओले कमिशन मागेको भन्दै जिविसमा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २९ असार ।
जिल्ला विकास समिति सप्तरीका स्थानीय विकास अधिकारी प्रदिपबहादुर सिंह यादवले उपभोक्तासँग २० प्रतिशत रकम मागेको भन्दै बुधबार जिविसमा प्रदर्शन गरेको छ ।
आफूहरुसँग कमिसन मागेको भन्दै संघिय समाजवादी फोरम नेपालका नेता कार्यकर्ताहरुले विरोधमा उत्रेका हुन् । जिविस र गाविसका योजनाको कामनै नगरी धमाधम २० प्रतिशत रकम लिई बिल फच्र्छौट गर्न थालेको आरोप लगाउँदै उनीहरु विरोधमा उत्रेका हुन् ।
संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवको नेतृत्वमा बुधबार जिविस सप्तरीमा प्रदर्शन गरी यादवलाई तत्काल कारबाहीको माग समेत गरेका छन् ।
यता एलडिओ यादवले जिल्ला विकास समितिको आन्तरिक कोष दुई करोड रुपैयाँ अनियमितता गरेकाले छानबिन गरी कारबाहीको दायरामा ल्याउन अध्यक्ष यादवले माग गर्नुभयो । असार मसान्त सकिने बेलामा एलडिओ यादवले आफू खुसी बजेट बिनियोजन गरी धमाधम कमिसन माग्न थालको आरोप लगाउँदै फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादवको नेतृत्वमा गएकाहरुले झण्डै तीन घण्टा विरोध गरेका थिए ।
यता नेपाली काँग्रेसका जिल्ला सचिव रामकुमार यादवले जिल्लाको विकासीय कार्यमा अवरोध नपु¥याउन आग्रह गर्दै बिरोध गर्नेहरुको बिरोध गर्नुभएको थियो । उहाँले विकास गर्ने एलडियोलाई अवरोध नपु¥याउन सम्पूर्ण दलहरुसँग आग्रह समेत गर्नुभयो ।
यसैबिच जिविसमा प्रदर्शनपछि तीन घण्टा जिविस सप्तरीको कामकाज समेत प्रभावति भएको थियो । यता सो विषयमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम कहाँ बसेर छलफल गर्ने सहमतिमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी दान बहादुर कार्कीसँग घटना बारे छानबिन गर्ने सहमति भएपछि जिविस सप्तरीको कामकाज सुचारु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ