News Category 2073/03/30
“राष्ट्रिय शान्ति मानव कल्याण मेची–महाकाली रथयात्रा” आजदेखी सुरु
दैनिक समाचारदाता
राजविराज, २९ असार ।
राष्ट्रिय शान्ति एवं मानव कल्याणको अभीष्ट पूर्ति हेतु छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा २०७३ चैत १६ गते सुरु हुने नेपालको पहिलो श्री लक्षचण्डी रुद्र महायज्ञको क्रममा यही असार ३० गते बिहीबार यज्ञस्थल सखडाबाट “राष्ट्रिय शान्ति मानव कल्याण मेची–महाकाली रथयात्रा” शुभारम्भ भइरहेको छ ।
शक्तिपीठका पीठाधिश महाकान्त ठाकुरले एक विज्ञप्ति जारि गर्दै नेपालको ७५ वटै र भारतको बिहार राज्यको ३८ वटै जिल्लाको साढे चार महिनाका दरले कूल नौ महिनाको भ्रमण गरी महायज्ञ सुरु हुनुभन्दा एक साताअघि रथ यज्ञस्थलमा फर्कने कार्यक्रम रहेको जनाइएको छ ।
जारि विज्ञप्तिमा रथयात्राको प्रारम्भिक कार्यक्रम अनुसार रथयात्रा सर्वप्रथम पूर्वाञ्चल क्षेत्रको भ्रमण सम्पन्न गरी पश्चिमतर्फ लाग्ने जनाइएको छ ।
कार्यक्रम अनुसार असार ३० देखि साउन ९ गतेसम्म सप्तरी, सुनसरी, मोरङ र झापा जिल्लाका विभिन्न गाउँ–नगर, मठ–मंदिरको भ्रमण गर्ने क्रममा असार ३० गते सुनसरीको पिण्डेश्वर, असार ३१ र साउन १ गते चतरा, साउन २ गते इटहरी, ३–५ गते विराटनगर, ६–७ गते रंगेली, ८ गते सिजुवा र ९ गते उर्लाबारीमा रथयात्राको रात्रिविश्राम हुने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।
असार ३० गते सखडाबाट निस्किने रथ राजविराजको वागेश्वरी मंदिर, राम मंदिर, शिव मंदिर, चण्डी भगवती मंदिर, हनुमान मंदिर (कंचनपुररोड), राजदेवी मंदिर, वैष्णो काली मंदिर र गणेश मंदिर (स्वर्ण टोल) मा पूजा–अर्चना गरी हनुमाननगरतर्फ लाग्ने कार्यक्रम रहेको छ ।
विज्ञप्तिमा राष्ट्रिय शान्ति र मानव कल्याणका लागि हुन लागेको यस रथयात्राको शुभारम्भ कार्यक्रममा, पूजा–अर्चना हुने मठ–मंदिरमा र सप्तरी खण्डको भ्रमण कार्यमा सहभागी भई रथयात्राको अगुवाई गरी दिन हुन माताका सबै भक्त, सज्जनवृन्द, किसान, व्यापारी, शिक्षक, विद्यार्थी, पेसाकर्मी, श्रमिक, पत्रकार, नागरिक समाजलगायत समस्त सप्तरी जिल्लावासीमा हार्दिक अनुरोध समेत गरिएको छ । साथै रथयात्रामा शान्ति सुरक्षा तथा अन्य आवश्यक सहयोग उपलब्ध गराई दिनु हुन सप्तरी प्रशासन तथा सुरक्षा निकायहरूमा समेत सादर अनुरोध गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ