News Category 2073/03/31
बालिका बलात्कार गर्ने तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३० असार ।
सप्तरीका एक बालिकालाई बलात्कार गर्ने तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेहरुमा कंचनरुप नगरपालिका बस्ने ३५ वर्षीय वलदेव सरदार, पोर्ताहा ९ का २३ वर्षीय अशोक साह र सोही ठाउँका १८ वर्षीय शिवराम सरदार रहेका छन् ।
सप्तरीको कञ्चरुप नगरपालिका ५ स्थित बेरियरबाट सामान किनेर आफ्नो घर जाँदै गरेकी एक १५ वर्षीया बालिकालाई ५ सय दिएर सोही नगरपालिका बस्ने ३५ वर्षीय वलदेव सरदारले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सोही क्रममा को ९ प ४४३३ नं. को मोटरसाइकलमा आएका पोर्ताहा ९ का २३ वर्षीय अशोक साह र सोही ठाउँका १८ वर्षीय शिवराम सरदारले बलात्कार गरिरहेको देखेपछि अरुलाई भनिदिन्छु भनेपछि डराइ धम्काई उक्त बालिकालाई दुवै जना युवाले पनि बलात्कार गरेको जनाइएको छ ।
ती दुबै जनाले बालिकालाई त्यहाँबाट मोटरसाइकलमा चढाएर कञ्चरुप नगरपालिका ७ स्थित सुन्सान ठाउँ राजपुरमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिनुभयो ।
मादक पदार्थसमेत सेवन गरेका ती दुई युवकले सो ठाउँबाट पुनः मोटरसाइकलमा चढाएर राजमार्ग हुँदै भारदह १ स्थित कोसी बाँधमा लगेर ती बालिकालाई पुनः बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
कोसी बाँधबाट फेरि मोटरसाइकलमा ती बालिकका र दुवै जना केटा चढेर राजमार्ग हुँदै कञ्चरुप नगरपालिका आउने क्रममा इलाका प्रहरी कार्यालय कञ्चपुरको टोलीले राजमार्गमा सवारी साधन चेक जाँच गरिरहेको अवस्थामा प्रहरीलाई देखेपछि मोटरसाइकललाई ओभरस्पिड गर्ने क्रममा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि युवतीसहित तीनै जनालाई प्रहरीले पक्राउ गरेको र पीडित बालिकाको बयानका आधारमा सो कुरा बाहिर आएको प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो ।
बलात्कारको सिकार भएकी बालिकालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने पक्राउ परेका दुवै युवालाई हिरासतमा राखिएको छ ।
बालिकाकै बयानको आधारमा यसअघि ५ सय दिएर बलात्कार गर्ने सरदारलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ