News Category 2073/04/01
२५ औं गाविसको रुपमा पटेर्वा गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा
दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
सप्तरीको पटेर्वा गाविस २५ औं गाविसको रुपमा भव्य समारोहबिच खुल्ला दिसा मुक्त गाविस घोषणा भएको छ ।
एक घर एक चर्पी ,स्वच्छ सफा पटेर्वाको धर्ती भन्ने मुल नाराका साथ भव्य समारोहका बिच खुल्ला दिसा मुक्त गाविस घोषणा गरिएको हो । पंचावती ग्रामिण विकास केन्द्र नेपाल र सुनोलौ हजार दिनको आयोजनामा आयोजित सो समारोहबिच जिल्लाको ९१ गाविसमध्ये २५ औं गाविसको रुपमा पटेर्वा गाविसलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गरिएको छ ।
गाविस सचिव तथा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक रामानन्द यादवको अध्यक्षता तथा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय कुमार झाको प्रमुख आतिथ्य एवं जिल्ला खानेपानी कार्यालयका प्रमुख ई.लोकेन्द्र प्रसाद यादव र जिल्ला विकास समितिका कार्उक्रम अधिकृत नवराज खडकाको विशिष्ट आतिथ्यमा आयोजित सो समारोहमा युएनह्याविटाटका जिल्ला संयोजक हरी बुढाथोकी ,एसएनभि नेपालका कृष्ण जिसी ,जनस्वास्वास्थ्य कार्यालयका कारीचन्द्र साह ,नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा ,गैर सरकारी संस्था महासंघका अध्यक्ष शम्भुनन्द चौधरी ,जिविस सचिवालयका मिथिलेश कुमार यादव ,सबल नेपालका फिल्ड अफिसर शुभ नारायण यादव ,स्थानीय युवा राजेन्द्र प्रसाद साह सहितका बक्ताहरुले पटेर्वा गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा भएपनि यस गाविसमा विद्युत अझै नपुगेकोमा चिन्ता ब्यक्त गरेका छन ।
सोही कार्यक्रममा पंचावती ग्रामिण विकास केन्द्र नेपालले जिल्लाको १० वटा गाविसलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गर्न सफल भएकोमा संस्थाका राम बस्नेतलाई डिवासिसी सप्तरीको तर्फबाट १० किलो फुलको मालाले स्वागत गरेका थिए ।
यसैबिच सोही खुल्ला दिसा मुक्त घोषणा समारोहमा विभिन्न कलाकारहरुले गित ,संगित तथा नृत्यहरु प्रस्तुत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ