News Category 2073/04/02
आजदेखी १ लाख २३ हजार घरको मूल ढोकामा प्रहरीले स्टिकर टाँस गर्ने
राजविराज÷ “प्रहरी मेरो साथी” अभियान अन्तरगत आइतबार देखी सप्तरीको १ लाख २३ हजार घरको मूल ढोकामा प्रहरीको फोन नम्बर भएको स्टिकर टाँस गर्ने अभियानको शुभारम्भ हुने भएको छ ।
सो अभियानको पूर्व क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय सप्तरीले थालेको ‘प्रहरी मेरो साथी‘ अभियानको पुनरावेदन अदालतका मुख्य न्यायाधिश कुमार चुडालले शुभारम्भ गर्नुभएको थियो ।
अंचल प्रहरी कार्यालय सगरमाथाका वरिष्ठ प्रहरी उपरिक्षक उत्तम बहादुर सिंहको अध्यक्षता तथा पुनरावेदन अदालतका मुख्य न्यायाधिश कुमार चुडालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव, नेकपा एमालेका अध्यक्ष गोबिन्द न्यौपाने, मधेशी मोर्चाका तर्फबाट रामसपाका जिल्ला उपाध्यक्ष सत्तिश सिंह, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण कुमार देव, गैसस महासंघ सप्तरीका सचिव बलदेव मण्डल, ब्रहमकुमारी राजयोग सेवा केन्द्रकी मिरा दिदी लगायतका वक्ताहरुले प्रहरी र जनताबीच सुमधुर सम्बन्ध कायम हुनुपर्नेमा जोड दिनुभयो ।
अभियान बारे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक भिम ढकालले जानकारी दिनुभयो । उहाँले अभियान अन्तर्गत सप्तरी जिल्लामा रहेको एक लाख २३ हजार घरमा कुनै प्रकारको अपराध वा हिंसा भयो भने कहाँ सम्र्पक गर्ने भन्ने स्टीकर टाँसिने जानकारी दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ